![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
जनकपुरधाम । नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको बेइमानीमा समाजवादी पार्टीले सहयोग गरेको आरोप लगाएका छन् । जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा सहभागिता जनाउँदै वर्तमान सरकार विगतका सम्झौताहरूलाई लत्याउँदै विधेयक ल्याउन लागेको आरोप नेता थापाले लगाएका हुन् ।
वर्तमान सरकारको शक्ति दुरुपयोग रोक्न दसैँपछि सडकमा उत्रिने बताउँदै नेता थापाले सो कार्य काँग्रेसले नै गर्ने बताएका छन् । नेता थापाले भने, ‘सडकको ताकतको आधारमा संसद्को शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दसैँ पछाडि काँग्रेसले गर्छ ।’
![](https://newspolar.com/wp-content/uploads/2019/09/Gagan-Thapa.jpg)
काँग्रेसको एउटै एजेन्डा २०७९ सालको चुनावमा विजय हुने इच्छा रहेको बताउँदै नेता थापाले अबको उद्देश्य संविधानलाई संशोधन गराउँदै स्वीकार्य बनाउने रहेको बताए । उनले ‘संविधान संशोधन गरी स्वीकार्य बनाउन सकिएन भने देशमा दुर्घटना हुने, त्यसकारण आगामी चुनाव जितेर संविधान संशोधन काँग्रेसले नै गर्ने पनि दाबी गरे ।