२५ असार २०८३, बिहीबार
,
Latest
खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागेको छः शिक्षामन्त्री पोखरेल सिनियर प्रहरी अधिकृतको काज–सरुवाबारे फैलाइएका समाचार भ्रामक : नेपाल प्रहरी सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन गरी स्वीकार्य बनाउन सकिएन भने देशमा दुर्घटना हुन्छ: काँग्रेस नेता थापा



अ+ अ-

जनकपुरधाम । नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको बेइमानीमा समाजवादी पार्टीले सहयोग गरेको आरोप लगाएका छन् । जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा सहभागिता जनाउँदै वर्तमान सरकार विगतका सम्झौताहरूलाई लत्याउँदै विधेयक ल्याउन लागेको आरोप नेता थापाले लगाएका हुन् ।

वर्तमान सरकारको शक्ति दुरुपयोग रोक्न दसैँपछि सडकमा उत्रिने बताउँदै नेता थापाले सो कार्य काँग्रेसले नै गर्ने बताएका छन् । नेता थापाले भने, ‘सडकको ताकतको आधारमा संसद्को शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दसैँ पछाडि काँग्रेसले गर्छ ।’

काँग्रेसको एउटै एजेन्डा २०७९ सालको चुनावमा विजय हुने इच्छा रहेको बताउँदै नेता थापाले अबको उद्देश्य संविधानलाई संशोधन गराउँदै स्वीकार्य बनाउने रहेको बताए । उनले ‘संविधान संशोधन गरी स्वीकार्य बनाउन सकिएन भने देशमा दुर्घटना हुने, त्यसकारण आगामी चुनाव जितेर संविधान संशोधन काँग्रेसले नै गर्ने पनि दाबी गरे ।




भर्खरै