३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन

खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग

खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग
अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसको सदस्यता अध्यावधिक गर्ने अभियानको विरोध गर्दै आउनु भएका निवर्तमान उपसभापति पुर्णवहादुर खड्काको गृह जिल्लाका प्रभावशाली नेताहरुले आजदेखि धमाधम अध्यवधिक गर्न थालेका छन् ।

निवर्तमान उपसभापति खड्काको दवावमा अहिलेसम्म सदस्यता अध्यावधिक नगरेका सुर्खेतका केही नेता तथा कार्यकर्ताहरु अव भने अध्यावधिक गराउने निर्णयमा पुगेका हुन् ।

अध्यावधिक नगरेका जिल्ला सभापतिकै अध्यक्षतामा बसेको बैठकले सबैलाई अध्यावधिकका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले सबै पालिकामा अध्यावधिकका लागि स्थानीय प्रतिनिधिहरुलाई समेत खटाएको छ भने उनीहरुलाई अध्यावधिकका बारेमा प्रशिक्षण समेत दिएको थियो ।आज खड्काका अति विश्वासपात्र मानिनु हुने नेपाली काँग्रेस सुर्खेतका सभापति खड्ग वहादुर पोखरेलले अध्यावधिक गर्नु भएको अध्यावधिक अभियानका लागि खटिनु भएका काँग्रेसका केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला सभापतिले नै अध्यावधिक गरेर जिल्लाका सबै कार्यकर्ताहरुलाई अभ्यावधिक गराउने अभियान सुरु गर्नु भएको हो । सदस्यता अध्यावधिक अभियानका लागि आगामी २७ गतेसम्म म्याद थप्न पनि नेपाली काँग्रेस सुर्खेतले समय माग गरेको छ । पार्टीका जिल्ला सचिवद्धय देवकुमार सुवेदी र बालदिप कंडेलले केन्द्रीय कार्यालयलाई संयुक्त निवेदन लेख्दै अध्यावधिकको समय २७ गतेसम्म थप गर्न माग गर्नु भएको हो ।

जिल्लामा रहेर सक्रिय राजनीति गर्दै आउनु भएका पार्टीका कर्णाली प्रदेश महामन्त्री निरन्जन केसी, कोषाध्यक्ष खगिसरा आचार्य लगायतका दर्जनौ नेता कार्यकर्ताहरुले पनि आज अध्यावधिक गरेको केन्द्रीय प्रतिनिधि पोखरेलले बताउनु भयो ।

सुर्खेतमा काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा तथा नेता डा. शेखर कोईराला निकट नेता कार्यकर्ताहरुले यसअघि नै अध्यावधिक गरेपनि खड्का निकट नेता कार्यकर्ताहरुले अध्यावधिक गरेका थिएनन् । तर निवर्तमान उपसभापति खड्काले पार्टीमा सहमतिको वातावरण गराउने भन्दा पार्टी फूटाउने भूमिका खेलेको भन्दै उहाँको साथ छोडेको संकेत गरेका छन् ।

खड्का निकटकै नेता कार्यकर्ताहरुले अहिले उहाँको आदेशलाई अस्विकार गर्दैै धमाधम सदस्यता अध्यावधिक गर्न लागेका हुन् । सुर्खेतमा काँग्रेसको सदस्यता अध्यावधिकका लागि पर्सी २७ गतेसम्म मात्रै म्याद भएकाले अहिले अध्यावधिक गर्नेहरुको संख्या एक्कासी बढेको केन्द्रीय प्रतिनिधि पोखरेलले जानकारी दिनुभयो ।