२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी दुर्घटना : ५ जनाकै पहिचान खुल्यो



अ+ अ-

कावासोती । नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृ त्यु हुने पाँचै जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थान घर भएका हीरा राना र कैलाली धनगढी–११ का सुरज रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।

गएराति १०ः१५ बजेको समयमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नंको कार एकापसमा ठोक्किँदा कारमा सवार ५ जनाको मृ त्यु भएको थियो।

नवलपरासीकै मध्यबिन्दु नगरपालिका–१० मा सोमबार राति नै दाङबाट काठमाडौँका लागि छुटेको ना ७ ख ८६ ४२ बस दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको थियो भने १५ जना घाइते भएका छन्। यस्तै आज बिहान ४ः४० को समयमा नवलपरासीको चोरमारामा ना ४ ख ९५ १० नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिँदा ७ जना घाइते भएका छन्।