२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनाथ बालबालिकालाई शैक्षिक सामग्री



अ+ अ-

डडेल्धुरा । अमरगढी नगरपालिका–७ पोखरामा रहेको बेदास्थ अनाथालयमा रहेका बालबालिकालाई स्टेशनरी र खेलकूद सामग्री वितरण गरिएको छ ।

अनाथालयका बालबालिकालाई एक शैक्षिकसत्रसम्म पुग्ने गरी कापी, कलम, पेनसिल, सामान्य ज्ञान, नेपाली तथा अङ्ग्रेजी व्याकरण र खेलकूद अन्तर्गत भलिबल, नेट, पम्पलगायतका सामग्री वितरण गरिएको सन नेपाल इन्स्योरेन्स कार्यालयका क्षेत्रीय प्रबन्धक दीपेन्द्र साहले जानकारी दिनुभयो ।

सो कम्पनी जीवन बीमासँगैं सामाजिक उत्तरदायीत्व बहन गर्ने उद्देश्यसाथ स्थापना भएको उहाँले बताउनुभयो । डडेल्धुरामा स्थापना भएको सो संस्थाले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा रचनात्मक कामसँगै सामाजिक उत्तरदायित्व निर्वाह हुने खालका काम गर्दे आइरहेको जानकारी दिँदै अनाथ बालबािलकालाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।

अनाथालय सञ्चालन गरिहेका युवा समाजसेवी जीत ताम्राकारले शैक्षिक र खेलकूद सामग्री हस्तान्तरणले निकै राहत पुगेको बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक र खेलकूद सामग्री हस्तान्त्ररण गरेर उदाहरणीय काम गरेको उहाँले बताउनुभयो