२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

भृकुटीमण्डपमा हल निर्माण गर्दा व्यापारीहरुलाई व्यवस्थापन गर्न माग

भृकुटीमण्डपमा हल निर्माण गर्दा व्यापारीहरुलाई व्यवस्थापन गर्न माग
अ अ+ अ-

काठमाडौँ । भृकुटीमण्डपमा काठमाडौं महानगरपालिकाले अत्याधुनिक मेगा हल निर्माण गर्दा व्यापारीहरुलाई व्यवस्थापन गरेर मात्रै निर्माण गर्न माग गरिएको छ । सोमबार भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधरणसभामा सहभागी भृकुटीमण्डप बजारका अधिकांश व्यापारीहरुले यस्तो धारणा राख्नु भएको हो ।

भृकुटीमण्डपका व्यापारीहरुले फोहोर फाल्ने स्थान सफा गरेर व्यवसाय गर्ने बातावरण बनाएकाले अब यहाँका व्यापारीहरुलाई व्यापार गर्ने स्थायी संरचना बनाएर मात्रै प्रदर्शनी हल बनाउनु पर्ने माग गर्नुभएको छ । विगत लामो समयदेखि भृकुटीमण्डपमा व्यापार गर्दै आएका व्यापारी शंकर पोखरेलले ठूला ठूला प्रदर्शनी हल बन्नु राम्रो विषय भएको बताउनु भयो । तर, उहाँले भृकुटीमण्डपमा निम्न वर्गिय  व्यापारीहरुले व्यवसाय गरेर परिवार पाल्ने गरेको भन्ने ख्याल गर्नु पर्ने बताउनु भयो ।

उहाँले मेगा हल बनाए पनि भृकुटीमण्डपमा व्यापार गर्दै आएका १५ सय व्यापारीको लागि स्थायी ठाउँको व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भृकुटीमण्डपमा अत्यन्तै निम्न वर्गिय मानिसहरुले व्यापार गर्दै आएका छन्। यहाँ व्यापार गर्ने १५ सय व्यापारी हल बन्ने वित्तिकै कहाँ जानू । सरकारले व्यापार गर्ने यस्तै अर्को स्थायी संरचना निर्माण गरिदिनुपर्छ । हामीले गुणस्तरीय सामान ग्राहकहरुलाई बेच्दै आएका छौं ।’

त्यस्तै अर्को व्यवसायी पुष्करकुमार अधिकारीले सरकारले यस्ता खालका गुरुयोजना बनाउने तर काम नगर्ने बताउनुभयो । उहाँले यो योजना पनि त्यस्तै हो । तर, सरकारले बनाउनु परे पनि फोहोरको ढङगुर फालेर निम्न वर्गिय ग्राहकको सपिङ स्थल बनाएको बताउनु भयो । अधिकारीले हल बनाए पनि खासै असर नपर्ने बताउनुभयो ।

त्यस्तै,व्यवसायी संगीता ढुङगेलले भृकुटीमण्डप महिलामैंत्री बजार भएको बताउनुभयो । उहाँले यो बजार महिलामैत्री बजार भएकाले बच्चा च्यापेर व्यापार गरिरहेको बताउनु भयो । ढुङगेलले यसरी १५ सय भन्दा बढिले रोजगारी पाएको स्थानमा हल बनाउँदा सरकारले यहाँका व्यापारीलाई उचित व्यवस्थापन गरेर मात्रै काम गर्नु पर्ने बताउनु भयो ।

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको दुई सय १२ रोपनी क्षेत्रफलमा अत्याधुनिक मेगा हल निर्माण गर्ने योजना बताएको छ ।  महानगरपालिकाले एक वर्ष अगाडी नै मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक मेगा हलको योजना अघि बढाएको हो । महानगरले निर्माण गर्ने  मेगा हलको प्रस्तावित डिजाइन समेत तयार पारिसकेको छ । १ लाख १४ हजार वर्गमिटरभन्दा केही बढीको पाँचतले मेगा हल निर्माणका लागि प्रस्तावित डिजाइन तयार गरिएको छ ।