७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले स्वच्छ मासुको पोस्टरमा गाईको तस्वीर राखेपछि…



अ+ अ-

काठमाडौं । पशु सेवा विभागले स्वच्छ मासुबारे जनचेतना जगाउन जारी गरेको पोस्टरमा गाईको तस्वीर पनि राखेको छ ।

पोस्टरमा गाईको तस्वीर राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञप्ति जारी गदैं आपत्ति जनाएको छ । दशैं लक्षित प्रचार सामाग्रीमा हिन्दुहरुको आस्था एवं गाईको तस्वीर संलग्न गरिनु दुर्भाग्यपूर्ण भएको राप्रपाले जनाएको छ ।

राप्रपाले उक्त प्रचार सामाग्री संकलन, जफत र नष्ट गर्न पनि माग गरेको छ । ‘यो नियतवश वा भूलवश के हो भन्नेबारेमा अविलम्ब छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

विभागले पोस्टमा मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखेको छ ।