७ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैंतिहारमा १३ अर्ब नयाँ नोट बजारमा



अ+ अ-

काठमाडौं । वर्षेनी राष्ट्र बैंकले दसैंतिहारका लागि भन्दै नयाँ नोट ल्याउने प्रचलन अनुसार यस वर्षको दसैंतिहारमा मात्रै १३ अर्ब बढीको नयाँ नोट बजारमा ल्याउदैछ ।

पुराना झुत्रा नोट छन् भने बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकमा गएर साट्न सकिन्छ तर ती झुत्रा नोट फेरि चलनचल्तीमा आउँदैनन्। यस्ता नोट राष्ट्र बैंकले जलाएर नष्ट गर्छ।

वर्षेनी राष्ट्र बैंकले नष्ट गर्ने नोटको रकम अत्याधिक दरमा बढ्दै गएको छ। गत आर्थिक वर्षमात्रै राष्ट्र बैंकले ७६ अर्ब ९५ करोड रुपैयाँको नोट जलाएर नष्ट गरेको छ।

आर्थिक वर्ष २०७४/७५ मा ५६ अर्ब ४० करोड रुपैयाँ बराबरको झुत्रा नोट जलाइएकोमा ०७३/७४ मा २५ अर्ब ७५ करोड रुपैयाँ मूल्यको नोट जलाइएको थियो। विगत ६ आर्थिक वर्षमा कुल ४ खर्ब ९४ अर्ब रुपैयाँको नोट जलाएर नष्ट गरिएको छ।

नोट प्रयोगको मामिलामा गैरजिम्मेवार हुदा नोट झुत्रा हुने गर्दछ । कसरी प्रयोग हुन्छ भन्नेले कति छिटो झुत्रिन्छ भन्ने निर्धारण गर्छ।




भर्खरै