७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान र एमडिएफनेपालबीच अनुदान सहयोग सम्झौतामा हस्ताक्षर



अ+ अ-

काठानडौं । जापान र मस्कुलर डिस्ट्रफी फाउन्डेशन नेपाल (एमडिएफनेपाल)बीच मंगलबार अनुदान सहयोग सम्झौतामा हस्ताक्षर भएको छ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले मस्कुलर डिस्ट्रफी रोगबाट पीडितहरूका लागि पुनर्स्थापना केन्द्र निर्माण गर्ने उदेश्यले एक करोड रूपैयाँ बराबरको अनुदान सहयोग सम्झौतामा आज हस्ताक्षर गरेका हुन्।

पुनर्स्थापना केन्द्रको निर्माण एमडिएफ नेपालले काठमाडौंमा गर्नेछ। एमडीएफ नेपालको स्थापना मस्कुलर डिस्ट्रफीका कारण आफ्ना सन्तान गुमाएका अभिभावकहरूले सन् २ हजार ३ मा गरेका थिए।

जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) अन्तर्गतको उक्त अनुदान सहयोगले नेपालका मस्कुलर डिस्ट्रफी रोगीहरूको स्वास्थ्य सेवाको अवस्थामा सुधार ल्याउने अपेक्षा राजदूत साइगोले व्यक्त गरे। यो परियोजनाले जापान र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप मजबूत बनाउने विश्वास लिएको जापानी दूतावासले जनाएको छ।