५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशु सेवा विभागले माग्यो माफी



अ+ अ-

काठमाडौँ । पशु सेवा विभागले स्वच्छ मासुबारे जनचेतना जगाउन जारी गरेको पोस्टरमा गाईको तस्वीर परेपछि विभागले माफी मागेको छ।

‘बधसालदेखि भान्सासम्म स्वच्छ र स्वस्थ्य मासु’ शीर्षकमा विभागले छापेको ब्यानरमा गाईंको समेत तस्वीर राखिएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको थियो ।

सार्वजनिक रुपमा टिप्पणी हुने वित्तिकै विभागका महानिर्देशक डा वंशीराज शर्माले विज्ञप्ति जारी गर्दै छपाइको क्रममा भुलवस गाईंको फोटो पर्न गएको प्रष्टिकरण दिएका छन्।

बा २ झ ३८११ नम्बरको मोबाइल भ्यानमा पशुपन्छीजन्य उत्पादनहरु दूध, मासु, अण्डा, आदिएको उत्पादन प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने हेतुले प्रचार प्रसारका लागि राखिएको पोष्टहरुमध्ये एउटामा पोष्टरमा छपाईको त्रुटीका कारणलेले गाईको तस्वीर भुलवस अन्यत्र पर्न गएकोमा सर्वसाधरण लगायत सम्पूर्ण सरोकारवालाहरुले उठाउनुभएको गुनासोप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको ‘ विज्ञप्तिमा जनाएको छ ।

साथै ‘हाल उक्त त्रुटीलाई सच्याइ सकिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको त्रुटीप्रति पशु सेवा विभाग हार्दिक क्षम याचना गर्दछ।’ महानिर्देशक शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।