४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बन्दुक बोकेकै भरमा माओवादीलाई कम्युनिष्ट भन्न मिल्दैन : अध्यक्ष बिजुक्छे

बन्दुक बोकेकै भरमा माओवादीलाई कम्युनिष्ट भन्न मिल्दैन : अध्यक्ष बिजुक्छे
अ+ अ-

काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले क्रान्ति पूरा गर्न पार्टीले आफूलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको बताउनुभएको छ । कमलविनायकस्थित आफ्नै निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफू पार्टीको कार्यकर्ता मात्रै भएको र सातौंँ महाधिवेशनले आफूलाई पुनः जिम्मेवारी दिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष बिजुक्छेले भन्नुभयो, “हामी पार्टीका कार्यकर्ता हौँ, पार्टीले जे जिम्मेवारी दियो, त्यही जिम्मेवारी लिने हो, देशमा अझै समाजवाद ल्याउन बाँकी छ, माक्र्सवादको त्यही क्रान्ति पूरा गर्न पार्टीले मलाई पुनः अध्यक्षको जिम्मेवारी दियो ।”

देशमा समाजवाद र साम्यवादी व्यवस्था नआएसम्म क्रान्ति जारी रहने बताउँदै बिजुक्छेले बन्दुक बोकेर क्रान्ति नआउने र बन्दुक बोकेकै भरमा कोही पनि कम्युनिष्ट नहुने बताउनुभयो । बिजुक्छेले भन्नुभयो, “बन्दुक बोकेकै भरमा माओवादीलाई कम्युनिष्ट भन्न सकिन्न, बन्दुक बोक्ने सबै कम्युनिष्ट हुने भए नेपाली काङ्ग्रेस २००७ सालमा कम्युनिष्ट भइसक्थ्यो, पृथ्वीनारायण शाहदेखि राणासमेत उहिल्यै कम्युनिष्ट भइसक्थे ।” महाधिवेशनले सबै जातजाति, एवं भाषाभाषी र भूगोललाई समेटेर केन्द्रीय समिति गठन गरेको उहाँको भनाइ थियो ।

यस्तै महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको आजको पहिलो बैठकले पार्टी सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति चयन गरेको छ । २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएकोमा आजको बैठकले रवीन्द्र ज्याख्वालाई केन्द्रीय सदस्यमा एवं राजेन्द्र चवाल र नारायणबहादुर दुवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरी २८ सदस्यीय केन्द्रीय समिति विस्तार गरेको छ ।

त्यसैगरी आजको बैठकले केन्द्रीय सदस्यमध्ये प्रदेश नं १ मा उकेश कवाँ, प्रदेश नं २ मा सुरेन्द्रराज गोसाईं, प्रदेश नं ३ मा प्रेम सुवाल, गण्डकी प्रदेशमा डिल्लीप्रसाद काफ्ले, प्रदेश नं ५ मा हरिसुन्दर बासी, कर्णाली प्रदेशमा सरोजराज गोसार्इं र सुदूरपश्चिम प्रदेशमा नन्दबहादुर शाहीलाई प्रदेश संयोजक चयन गरेको छ ।