४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दसैंमा देशभर ‘रुट पर्मिट’ खुल्ला: ठूला मालवाहकलाई नारायणगढमा रोक

दसैंमा देशभर ‘रुट पर्मिट’ खुल्ला: ठूला मालवाहकलाई नारायणगढमा रोक
अ+ अ-

काठमाडौं । सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको रुट निलम्बन गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै दसैंको लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउने उद्देश्यले १२ असोज देखि १९ गतेसम्म रुट परमिट खुल्ला गरेको जनाएको छ । विभागले यात्रुको चाप धेरै हुने समयमा आवागमन सहज होस भनेर बाटो इजाजत पत्र (रुट पर्मिट) खुल्ला गरिएको जनाएको छ । अब शहरमा गुड्ने सवारी पनि सजिलै अर्को ठाउँमा आवत जावत गर्न पाउने भएका छन् ।

विभागले रुट पर्मिटको दुरुपयोग नहोस् भन्ने उद्देश्यले ७ दिन मात्र खुला गरे पनि आवश्यक परेमा अवधि बढाउन सकिने पनि जनाएको छ । सरकारले ट्राफिक व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै रुट परमिट खुला गरिएको अवधीमा काठमाडौं भित्रने ठूला मालबाहक सवारी साधनलाई चितवनको नारायणगढदेखि आवागमनमा रोक लगाइने निर्णय समेत गरेको छ । विभागको सूचनामा आवागमनमा रोक लगाइएको उल्लेख छ ।

विगतका वर्षहरुमा पनि सरकारले दसैंको समयमा सवारीको रुट पर्मिट खुल्ला गर्ने गरेको थियो । रुट पर्मिट खुल्ला गर्नाले यात्रुको चाप कम हुने रुटका सवारी धेरै यात्रु भएको रुटमा गएर पनि सेवा दिने गरेका छन् । सरकार र यातायात व्यवसायीबीचको सहमति अनुसार दशैंका लागि ५ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाइएको छ ।

उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, र लगनखेल लगायतका स्थानबाट अग्रिम बुकिङ टिकट वितरण भइरहेको छ । सर्वसाधरणले भने सहज रुपमा टिकट नपाइरहेको गुनासो गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले टिकट अभाव हुन नदिने बताएका छन् । ‘टिकट नपाएर टिका रोकिने हो कि भनेर डराउनै पर्दैन, हामीे दशैंमा पनि टिकट पाउने व्यवस्था गछौं,’ उनले राजधानीसँग भने, ‘तर हामीले सरकारसँग सडक बाटो बनाउन आग्रह गरेका छौं, सडक बाटो बिग्रिएर रोकिने अवस्था आयो भने गाह्रो छ।’ राजधानी दैनिकबाट