२५ असार २०८३, बिहीबार
,
Latest
सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागेको छः शिक्षामन्त्री पोखरेल सिनियर प्रहरी अधिकृतको काज–सरुवाबारे फैलाइएका समाचार भ्रामक : नेपाल प्रहरी सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

३८७ प्रतिशतले बढ्यो विदेशी लगानी



अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्षमा २५ प्रतिशतले घटेको विदेशी लगानी चालू आर्थिक वर्षको सुरुवातमा भने ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार उक्त महिनामा नेपालले एक अर्ब ४४ करोड १० लाख रुपियाँ विदेशी लगानीबापत प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो लगानी केवल २९ करोड ५७ लाख रुपियाँ मात्र थियो ।

केन्द्रीय बैङ्कका अनुसार समीक्षा अवधिमा प्राप्त भएको विदेशी लगानी तीन सय ८७ प्रतिशतले बढी हो । नेपालले गत आवमा १३ अर्ब छ करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ५१ करोड रुपियाँ विदेशी लगानी भित्रिएको थियो । सरकारले यसबीचमा गत फागुनमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित दोस्रो पटक विदेशी लगानी सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनमा ३० खर्ब रुपियाँभन्दा बढीको विदेशी लगानी प्राप्त भएको थियो । राष्ट्र बैङ्कका अनुसार साउनमा पर्यटकबाट हुने आय, विपे्रषणमा पनि वृद्धि भएको छ । गत साउनमा पर्यटकबाट चार अर्ब ३८ करोड रुपियाँ आम्दानी भएको यस वर्षको उक्त महिनामा ७.६ प्रतिशत वृद्धि भई आम्दानी चार अर्ब ७१ करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ । विपे्रषणमा भने दुई प्रतिशतको मात्र वृद्धि भएको छ ।

नेपालले यो साउनमा ७५ अर्ब ४० करोड रुपियाँ विपे्रषण प्राप्त गरेको छ । अघिल्लो साउनमा यस्तो रकम ७३ अर्ब ९५ करोड रुपियाँ थियो । विदेशी लगानीसहित विभिन्न शीर्षकमा भएको वृद्धिले मुलुकको शोधनान्तर अवस्था यसपटक छ अर्ब पाँच करोड रुपियाँले बचतमा छ । गत साउनमा यस्तो घाटा २४ अर्ब ७७ करोड रुपियाँले घाटामा थियो । त्यस्तै गत आर्थिक वर्षको अन्त्यमा यस्तो घाटा ६७ अर्ब ४० करोड रुपियाँ पुगेको थियो ।

स्थिति चालू आवको पहिलो महिनामा छ अर्ब पाँच करोड रुपियाँले बचतमा रहेको राष्ट्र बैङ्कले जनाएको छ । चालू खाता घाटा भने नौ अर्ब ३७ करोड रुपियाँ पुगेको छ । कुल विदेशी मुद्रा सञ्चिति असार मसान्तमा १० खर्ब ३८ अर्ब रुपियाँ रहेकोमा त्यो बढेर १० खर्ब ६४ अर्ब रुपियाँ पुगेको छ । राष्ट्र बैङ्कका अनुसार साउनमा मूल्यवृद्धि भने अत्यधिक बढेको छ । गत साउनमा ४.१९ प्रतिशत मात्र मूल्य वृद्धिदर रहेकोमा यो साउनमा ६.९५ प्रतिशत पुगेको छ ।

साउनमा खासगरी तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य बढेको प्रतिवेदनमा उल्लेख छ । राजधानी काठमाडौँमा मूल्यवृद्धि सबैभन्दा धेरै बढेर ८.६३ प्रतिशत पुगेको छ । सबैभन्दा कम हिमालमा ५.५७ प्रतिशत मात्र मूल्य वृद्धि भएको छ । वैदेशिक व्यापारको अवस्थामा सुधार देखिएको छ ।

निर्यात २७.७ प्रतिशतले बढेर आठ अर्ब ८४ करोड रुपियाँ पुगेको छ । गत साउनमा यस्तो वृद्धिदर केवल ३.२ प्रतिशत मात्र थियो । आयात ११.५ प्रतिशतले घटेर एक खर्ब छ अर्ब रुपियाँ पुगेको छ जुन अघिल्लो साउनमा ५४.३ प्रतिशतले बढेको थियो । व्यापार घाटा १३.९ प्रतिशतले सङ्कुचन भई ९७ अर्ब ८९ करोड रुपियाँ पुगेको छ । गोरखापत्र दैनिकबाट




भर्खरै