१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालियन सिरी ए: युभेन्टसको ब्रेसियामाथि कठिन जित



अ+ अ-

काठमाडौं । इटालियन सिरी ए फुटबलमा डिफेन्डिङ च्याम्पियन युभेन्टसले ब्रेसियामाथि कठिन जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले २–१ गोलको अन्तरले ब्रेसियालाई पराजित गरेको हो ।

युभेन्टसलाई जित दिलाउन मिरलेम पिजानिकले गोल गरे । जोहन चान्सलरले आत्मघाती गोल गरेपछि युभेन्टसले एक गोल भने उपाहार स्वरुप पाएको थियो । यता, ब्रेसियाका लागि भने अल्फ्रेडो डुनारुम्माले गोल गरेका थिए । अल्फ्रेडोले खेलको चौथो मिनेटमा नै गोल गर्दै ब्रेसियाका लागी अग्रता गोल दिलाएका थिए ।

तर खेलको ४० औं मिनेटमा ब्रेसियाका चान्सलरले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुग्दा युभेन्टस १–१ गोलको बराबरीको स्थितिमा आएको थियो ।तर खेलको ६३औं मिनेटमा पिजानिकले गोल गर्दै युभेन्टसको लागी जित सुनिश्चित गरे ।