१४ आश्विन २०८१, सोमबार
,
Latest
बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण



अ+ अ-

राजापुर । बर्दियाको राजापुर नगरपालिका वडा नं ६ ले २६५ विपन्न, दलित तथा द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार गर्दै उपलब्धि बढाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको वडा कार्यालयले जनाएको छ ।

आव २०७६/७७ का लागि वडा नं ६ अन्तर्गतका मानपुर मावि टपरा, नेपाल राष्ट्रिय प्रावि जोगीपुर र प्रावि पहाडीनगरका विद्यार्थीलाई मङ्गलबार एक कार्यक्रमका बीच छात्रवृत्ति तथा पोशाक वितरण गरिएको हो ।

वडा कार्यालयले विद्यार्थीको पढाइका लागि गरेको सहयोगको कार्य अनुकरणीय र उदाहरणीय रहेको स्थानीय अभिभावक रामकुमार थारूले बताए ।