२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खर्च रकम लुकाएको आरोप



अ+ अ-

सिञ्जा । तातोपानी गाउँपालिका जुम्लाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा योजनामा भएको खर्च रकम स्थानीय सरकारले लुकाएको आरोप लगाइएको छ । आर्थिक वर्ष २०७५/०७६ को गतिविधिबारे मङ्गलबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधिले आफन्त र कार्यकर्तालाई उपभोक्ता समितिमा नेतृत्व दिएको आरोप लगाउँदै जनताले योजना फरक-फरक गर्दा तलमाथि भएकाले सच्याउन आग्रह गरे ।

नेकपाका नेता तथा तातोपानी गाउँपालिका सदस्य आदिप्रसाद न्यौपानेले राजनीतिक दललाई कुल्चेर कार्यक्रम गरेको भनी आक्रोश व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले सार्वजनिक सुनुवाइ कार्यविधि २०६७ मा टेकेर कार्यक्रम गरिएको बताए ।

गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गाउँगाउँमा गएर समावेशी ढङ्गले उपभोक्ता समिति गठन गरिएको, हुड्के नाच, दमाहा बाजा, बाह्रौँ शताब्दी पैगोलो मन्दिर आदि संरक्षण गर्न गाउँपालिका अघि बढिरहेको तथा गाउँपालिकालाई दूरसञ्चारमा पहुँच बढाएको जिकिर गरे ।