२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनकारी जनप्रतिनिधि : आफ्नो तलब विद्यार्थीलाई सहयोग



अ+ अ-

म्याग्दी । म्याग्दीका एक जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाउने तलब विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका छन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले आफ्नो दुई महीना बढीको पारिश्रमिक तीन विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गर्नुभएको हो । उहाँले गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविको ४४औँ वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले अध्यक्ष पुनले प्रदान गरेको रु एक लाख विद्यार्थीलाई वितरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण गर्नुहुँदै मन्त्री पुनले अध्यक्षको सहयोगले गरीब विपन्न परिवारका जेहेन्दार विद्यार्थीको अध्ययनमा ठूलो सहयोग पुग्ने बताउनुभयो । प्रदेश सरकारले शैक्षिक क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाउनमा जोड दिएकोसमेत उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष पुनले घोषणाअनुसार आफूले पाउने सेवा सुविधाबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ज्ञानप्रकाश माविका छात्र एलिस पाइजालाई रु ५० हजार र सोही विद्यालयकी एलिना बैरागी र मुक्तिमार्ग मावि घारकी पवित्रा खड्कालाई जनही रु २५ हजारका दरले ५० हजार गरी तीन विद्यार्थीलाई रु एक लाख सहयोग गर्नुभएको हो ।

आर्थिक अभावका कारण विद्यार्थीलाई अध्ययनमा समस्या नहोस् भनी हौसला प्रदान गर्नका लागि आर्थिक सहयोग गरेको अध्यक्ष पुनले बताउनुभयो । गाउँपालिकाबाट पाउने सेवा सुविधासमेत नलिनुभएका उहाँले आगमी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन विभिन्न कार्यक्रम सञ्चालनसँगै शिक्षक मिलानलाई विशेष प्राथमिकता दिएको उहाँको भनाइ छ ।