१ असार २०८३, सोमबार
,
Latest
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाबारे भ्रम नफिजाउन नेता नेपालको चेतावनी



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा निरंकुशताको पक्षमा नरहेको बताएका छन्।

वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर भ्रम नफिजाउन पनि अन्य राजनीतिक दलहरूलाई चेतावनी दिए।

पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिष्ट पार्टीहरूको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन’ को बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले जनताले सर्वाधिक रुचाएकाले नेपाल कम्युनिष्ट पार्टी नेपालमा लोकप्रिय हुन पुगेको पनि स्पष्ट पारे।

वरिष्ठ नेता नेपालले नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सति सालझै उभिएर काम गरेकाले विश्वमा आफ्नो पार्टीले निर्वाचनको माध्यमबाट जनताको विश्वास लिएर शासन सत्ता सञ्चालन गर्ने मौका पटकरपटक पाउने गरेको पनि स्मरण गराए।




भर्खरै