काठमाडौं । चितवन मेडिकल कलेजमा पढिरहेका विद्यार्थीका सामूहिक रूपमा कलेजमा जाने भएका छन्। मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कको रसिद लिन जाने भएका हुन् ।
मंगलबार भएको अभिभावकको भेलाले अभिभावक संघर्ष समिति बनाउने निर्णय गर्दै असोज ११ गते विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्कको रसिद लिन कलेजमा जाने र नदिए थप संघर्ष गर्ने निर्णय गरेको हो।
अभिभावकको भेलाले गृह र शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयले तोकिएको भन्दा अतिरिक्त शुल्क समायोजन वा फिर्ता गराउने गरेको निर्णयको कार्यान्वयनका लागि पनि दबाब दिने निर्णय गरेको छ।
चितवन मेडिकल कलेजले विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी पैसा असुलेको भन्दै विद्यार्थी आन्दोलित भएका थिए।
कलेजहरूले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्कको रसिद नदिएकाले समस्या देखिएको छ।