७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम



अ+ अ-

सिरहा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ ।

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको हो ।

दैनिक हजारौ सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । असार–साउन महीनाको अविरल वर्षाका कारण मिर्चैयामा भत्केका सडकको झण्डै दुई महीना बिते पनि टालटुलसमेत हुन सकेका छैन् ।

विशेषगरी पूर्वमा मिर्चैयाको मटिअर्वा चोकदेखि पश्चिममा सल्हेश चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । मिर्चैयाको मटियर्वा चोक, थाना चोक, कटारी चोक र पश्चिम बस पार्क रहेका ठूल–ठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्न समेत समस्या भइरहेका छन् ।

एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढे्को स्थानीय व्यापारी अशोक साहले बताउनुभयो । राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ ।

राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हँुदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्र गरेर दिगो समाधान गर्न तर्फ ध्यान नदिएको स्थानीयवासीको आरोप छ । वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नु परेका छन् । मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेका छन् । सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सञ्चालन गर्ने गरेका छन् ।

यता मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेलले सडकको दुर्दशाप्रति आफू पनि चिन्तित रहेको बताउनुभयो । उहाँले सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताउँदै यो समस्या चाडै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच चाडपर्व नजिकिएसँगै सिरहामा विस्फोटक पदार्थ पटका भित्रिने क्रम बढ्ेको छ । यसै क्रममा सिरहा प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट आज बिहान ठूलो परिमाणमा विस्फोटक पदार्थ पटका बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका– ७ स्थित सीमावर्ती क्षेत्रबाट करीब रु एक लाख मूल्य बराबरको पटाका, चिरचिरीलगायतका विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ । बरामद गरिएका विस्फोटक पदार्थ सरोकारबालाको रोहबरमा नष्ट गरिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट रु डेढ लाख मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ ।