१४ आश्विन २०८१, सोमबार
,
Latest
एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीका तीन एआईजी सरुवा



अ+ अ-

काठमाडौं । मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीका तीन एआईजीहरुको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राई, प्रहरी प्रतिस्ठानमा कार्यरत एआईजी पुष्कर कार्की र राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा दरबन्दी भएका एआईजी धिरु बस्नेतको सरुवा गरेको हो ।

स्रोतका अनुसार एआईजी राई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगन्जमा सरुवा भएका छन् । प्रतिस्ठानमा कार्यरत एआईजी कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । यस अगाडी उक्त विभाग नेतृत्वबिहिन रहेको थियो ।

श्रोतका अनुसार एआईजी बस्नेतको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज गरिएको श्रोतले जनाएको छ ।