७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीका तीन एआईजी सरुवा



अ+ अ-

काठमाडौं । मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीका तीन एआईजीहरुको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राई, प्रहरी प्रतिस्ठानमा कार्यरत एआईजी पुष्कर कार्की र राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा दरबन्दी भएका एआईजी धिरु बस्नेतको सरुवा गरेको हो ।

स्रोतका अनुसार एआईजी राई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगन्जमा सरुवा भएका छन् । प्रतिस्ठानमा कार्यरत एआईजी कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । यस अगाडी उक्त विभाग नेतृत्वबिहिन रहेको थियो ।

श्रोतका अनुसार एआईजी बस्नेतको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज गरिएको श्रोतले जनाएको छ ।