७ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंमा नयाँ नोट बिगार्नेमाथि कारवाही हुने



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकजनालाई यस वर्षको दशैंमा खुद्रा र सुकिला नोटको लागि १८ हजार ५०० रुपैयाँको मात्रै सटही सुविधा दिने भएको छ।

सरकारी स्वामित्वका तीन बैंकले गरी उपत्यका भित्रका तीन २५ क्षेत्र बाट नगद सटही सुविधा राखेको जानकारी गराएका छन्। गत वर्षको दशैंमा प्रति व्यक्ति २७ हजार रुपैयाँको सटही सुविधा दिएकोमा यस वर्षमा १८ हजार ५०० मा सीमित गरिएको राष्ट्र बैंकले जनाएको छ।

बिहीबारदेखि सात दिनका लागि सटही सुविधा राखेको नेपाल राष्ट्र बैंकले जनाएको छ। सर्वसाधरणले ५, १०, २० ५० र १०० दरका नोट गरी अधिकतम १८ हजार ५०० साट्‍न पाउने छन्। राष्ट्र बैंकले नोट सटहीको सूचनासँगै नोटमा कलर गर्ने वा केरमेट गर्नेलाई कानुनी कारवाही हुने राष्ट्र बैंकबाट निकालिएको विज्ञप्तिमा जनाएको छ।




भर्खरै