४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपालको पछिल्लो अवस्थाबारे राष्ट्रपति ट्रम्पको चासो

नेपालको पछिल्लो अवस्थाबारे राष्ट्रपति ट्रम्पको चासो
अ+ अ-

अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन्। रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ।

प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन्। रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने, ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो। मैले अलिकति अवस्था बताएँ, उहाँले आपसी सहयोग र सहकार्यमा अमेरिका तत्पर रहेको सुनाउनुभयो।’ अमेरिकाले उच्चस्तरीय सम्बोधन आरम्भ भएकै दिन हरेक मुलुकको टोली नेताको स्वागतका लागि रात्रिभोज दिने प्रचलन छ।

रात्रिभोजमा १ सय ९० भन्दा बढी मुलुकका राष्ट्र एवं सरकार प्रमुख, मन्त्री, राष्ट्रसंघीय महासभा डेलिगेसन प्रमुखलगायत सहभागी थिए। ७२ औं महासभामा नेपालको तर्फबाट तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरा होटलको गेटमा पुगेर फर्कनुपरेको थियो। डेलिगेसन हेड तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ढिलो न्युयोर्क पुग्दा रात्रिभोजमा महरालाई पठाइएको थियो। तर, उनले प्रवेश पाएनन्।

राष्ट्रसंघको ७४ औं महासभा बैठकको मंगलबार औपचारिक उद्घाटन भएको छ। संघको मुख्यालय न्युयोर्कमा महासभा बैठकका अध्यक्ष तिजानी मोहमद बान्डेले उच्चस्तरीय बैठकको औपचारिक सुरुवात गरेका हुन्। अध्यक्ष बान्डेले उद्घाटनका क्रममा भने, ‘हिंस्रक द्वन्द्व, आतंकवाद, प्राकृतिक प्रकोप, लागुऔषध, लैंगिक विभेदलगायत जटिल विषयमा हामीले संयुक्त रूपमा समाधान खोज्नुपर्नेछ।’

हरेक वर्ष सेप्टेम्बरको तेस्रो मंगलबार राष्ट्रसंघको मुख्यालयमा महासभा हुन्छ। महासभामा विश्वका १ सय ९० बढी मुलुकका राष्ट्र एवं सरकार प्रमुख, तथा मन्त्री, राजदूतले डेभलपमेन्ट फर फाइनान्स अर्थात् विकासका लागि लगानी विषयमा आफ्नो धारणा व्यक्त गर्दै छन्। न्युर्योकस्थित नेपाली नियोगका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीका अनुसार महासभा बैठकमा नेपालले शुक्रबार सम्बोधन गर्ने पालो परेको छ।

आगामी सोमबारका लागि तय भए पनि राष्ट्र एवं सरकार प्रमुख कम भएका कारण वर सरेको हो। महासभामा सहस्राब्दी विकास लक्ष्यको निर्धारित र योजनाबीचको तालमेल तथा स्रोत–लगानीको आवश्यकताबारे पनि मंगलबारदेखि छलफल सुरु भएको छ। सन् २०३० लागि निर्धारित सहस्राब्दी लक्ष्य र प्रगति विवरणबारे समीक्षा गर्न थालिएको छ। नेपालले सहस्राब्दी लक्ष्यका प्रमुख १७ क्षेत्र स्वास्थ्य, शिक्षा, आर्थिक समृद्धि, वातावरण, लैंगिक समानताजस्ता विषयमा थप स्रोत र लगानीमा जोड दिने भएको छ।

स्वास्थ्य क्षेत्रमा रहेको विश्वव्यापी योजनाबारेको बैठकमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सहभागिता जनाएका छन्। बैठकका विभिन्न चरणमा वनमन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, मीनबहादुर शाही, डा.पुष्पा चौधरी, सांसद तारादेवी भट्ट, दीनानाथ शर्मालगायत सहभागी हुनेछन्। यसैबीच, उद्घाटन सत्रमा ब्राजिलका राष्ट्रपति जैर मिसियस बोल्सोनारो तथा अमेरिकी राष्ट्रपति ट्रम्पले डेभलपमेन्ट फर फाइनान्स विषयमा सम्बोधन गरे।

मंगलबारको उद्घाटन सत्रमा इजिप्ट, टर्की, नाइजेरिया, माल्दिब्सलगायत देशका प्रमुखले सम्बोधन गरेका छन्। ट्रम्पले विश्वभर शान्ति र विकास चाहेको प्रतिक्रिया दिँदै आफ्नो देश सबैसँग सहकार्य गरी अगाडि बढ्न तयार रहेको औंल्याए। उनले महासभामा उपस्थित राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीलाई भने, ‘यदि तपाईंको मुलुकमा शान्ति र विकास चाहनुहुन्छ भने पहिले तपाईंको देशलाई माया गर्नुहोस्।’ अन्नपुर्णपोष्ट दैनिकबाट