१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

जलवायु परिवर्तनका असरप्रति सबै सचेत हुनु जरुरी छ : मन्त्री रेग्मी

जलवायु परिवर्तनका असरप्रति सबै सचेत हुनु जरुरी छ : मन्त्री रेग्मी
अ अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जलवायु परिवर्तनका असरप्रति समयमै सबै सचेत हुनुपर्ने बताउनुभएको छ । 

सगरमाथाको कालापत्थरमा जलवायु परिवर्तनसम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरी शुक्रबार काठमाडौँ फर्किएको महिला समूहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार स्वागत गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वलाई सन्देश दिने काम गर्नु भएकामा समूहमा आवद्ध सबैलाई सरकारका तर्फबाट धन्यवाद दिँदै मन्त्री रेग्मीले जलवायु परिवर्तनका असरबारे विश्व समुदाय समयमै सचेत नभए ठूला विपद्को जोखिम बढ्ने बताउनुभयो ।

यसमा महिला समूहले ठूलो साहसका साथै जोखिम मोलेर कार्यक्रम गरी सरोकारवाला निकायलाई सचेत हुन दिएको दबाब प्रशंसनीय रहेको उहाँको भनाइ थियो । मन्त्री रेग्मीले जलवायु परिवर्तनका मुद्दाप्रति सरकार गम्भिर रहेको र सरकारले जलवायुका असर नियन्त्रण गर्ने नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेको अवगत गराउनुभयो । 

मार्च ८ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तरराष्ट्रिय संस्थाको सहयोगमा कालापत्थरमा विशेष कार्यक्रम गरिएको थियो ।

महिला समूहले यही फागुन २४ गते कालापत्थरमा विशेष कार्यक्रम गरी विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र समेत सार्वजनिक गरेको थियो । विभिन्न क्षेत्रका प्रतिष्ठित ४० महिलाको समूह काठमाडौँदेखि १३ दिने पदयात्रा अभियान सुरु गरी कालापत्थर क्षेत्रमा पुगेको थियो ।

कार्यक्रममा ‘साथसाथै’का अध्यक्ष प्रतिजा कार्कीले जलवायु परिवर्तनले बढी प्रभावित क्षेत्र हिमालयको कालापत्थरमा जलवायू परिवर्तन र महिला न्यायका विषयमा सरोकारवाला निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायत विश्वको ध्यानाकर्षण गराउन अभियान प्रारम्भ गरिएको जानकारी दिनुभयो ।
 
उहाँले जलवायु परिवर्तन जस्ता प्रकृतिले उब्जाएका ज्वलन्त समस्याबाट कोही पनि उम्कन नपाउने र समयमै यसको चेतावनीलाई ध्यान दिएनौँ भने नेपाल जस्ता भौगोलिक जोखिममा रहेका मुलुक सबैभन्दा बढी पीडित हुने बारेमा समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले नेपालजस्ता मुलुकले विश्वमञ्चमा यस बारेमा दबाब दिइरहनुपर्ने खाँचो औँल्याउनुभयो ।

‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ मूल नाराका साथ प्रारम्भ गरिएको अभियानका क्रममा जलवायू परिवर्तनले विशेषगरी महिलाको जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेसमेतमा विभिन्न बहस गरिएको थियो ।