४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कृषि विकास बैंक चोरी प्रकरणः ह्याक गर्ने समूहका १२ जना पक्राउ

कृषि विकास बैंक चोरी प्रकरणः ह्याक गर्ने समूहका १२ जना पक्राउ
अ+ अ-

काठमाडौं । प्रहरीले विदेशी ह्याकरले नेपाली बैंकबाट ठूलो रकम ह्याक गर्ने योजना बनाएको र सो योजना असफल भएको बताएको छ । महानगरीय अपराध महाशाखाको टोलीले कृषि विकास बैंकको सिस्टमलाई ह्याक गरी निकाल्ने समूहका १२ जनालाई पक्राउ गर्न सफल भएको बताइएको छ । महाशाखाले रकम ह्याक गरी विदेश लैजाने योजना बनाउने गिरोहका पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको हो ।

महाशाखाका एसएसपी सहकुल थापाले नेपालका बैंकबाट ५ अर्ब रकम लुट्ने योजना बनाएको समूहलाई प्रहरीले पक्राउ गर्न सफल भएको बताए । ‘विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँभन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ महाशाखाका प्रमुख थापाले पत्रकार सम्मेलनमा भने ।

सो समूहले कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरिएको भेटिएको र पानस रेमिट, नयाँ बानेश्वरबाट १२ लाख ह्याक गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको महाशाखा प्रमुख थापाले बताएका हुन् । विदेशी ह्याकारको समूहले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक, नबिल बैंकलगायतका बैंक तथा वित्तीय संस्थाबाट रकम निकाल्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी थापाले जानकारी दिए ।

रकम लुट्ने व्यक्तिले १५ देखि ३५ प्रतिशतसम्म रकम कमिसन दिई हुन्डीमार्फत भारत पठाउने गरेको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले जनाएको छ । रकम ह्याकपछि पक्राउ पर्नेमा नुवाकोटका ४३ वर्षीय लवाङ तामाङ, रसुवाकी ४० वर्षीया लक्ष्मीमाया तामाङ, काठमाडौं तार्केश्वर नगरपालिकाका २६ वर्षीय सञ्ज घले, रसुवाको नौकुण्ड गाउँपालिकाका २० वर्षीया निर्मला तामाङ, सोही ठाउँका १८ वर्षीय निमा तामाङ, सर्लाही हरिवनका ४२ वर्षीय पुष्पराज खड्का छन् ।

यस्तै, लमजुङका २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिकाका ३८ वर्षीय श्रवणकुमार श्रेष्ठ, भक्तपुर ठिमीका ३२ वर्षीया सुनिता श्रेष्ठ, भारत कलकत्ता घर भई काठमाडौं टेबहाल बस्दै आएका ३० वर्षीय शुबंकर पञ्जा, कैलाली भजनीका २२ वर्षीय विजय साह र भजनी–१ का ४५ वर्षीय चन्द्रबहादुर बुढा छन् ।

कृषि विकास बैंक ह्याक गर्ने ह्याकर समूहका नेपाली एजेन्ट नुवाकोट मेघाङ गाउँपालिका–४ का लवाङ तामाङ भएको प्रहरीले जनाएको हो । उनीमार्फत अन्य विभिन्न व्यक्तिको खातामा रकम गएको देखिएको प्रहरी भनाइ छ । कृषि विकास बैंक ह्याक भएर विभिन्न व्यक्तिको खातामा ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ट्रान्सफर भएकोमध्ये ५० लाख तामाङको खातामा गएको देखिएको हो । राजधानी दैनिकबाट