४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दर्ता नै नभएको औषधी बेच्दै फार्मेसीहरु, औषधि व्यवस्था विभाग भने मौन

दर्ता नै नभएको औषधी बेच्दै फार्मेसीहरु, औषधि व्यवस्था विभाग भने मौन
अ+ अ-

काठमाडौं । औषधि व्यवस्था विभागमा दर्ता नभएका डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्सजस्ता खाद्यपुरक सामग्रीहरु विरामीलाई भ्रममा पारेर फार्मेसीहरुबाट गैरकानी रुपमा विक्रि हुँदा समेत औषधि व्यवस्था विभागको चासो गएको छैन । औषधि व्यवस्था विभागको अनुगमन प्रभाबकारी नहुँदा कतिपय फार्मेसीहरुले खाद्यपुरक सामग्रीलाई समेत औषधीका रुपमा विक्री गर्दै आएका देखिएको छ ।

औषधि व्यवस्था विभागमा दर्ता भएको औषधीहरु मात्र फार्मेसीबाट बिक्री बितरण गर्नुपर्ने हुन्छ । डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्सहरु औषधि व्यवस्था विभागमा अहिलेसम्म दर्ता गरिएको छैन । औषधि ऐन, २०३५ को दफा १० बमोजिम औषधि बिक्री वितरण गर्न अनुमति लिएका थोक तथा खुद्रा विक्रेताहरूलाई दर्ता भएका औषधि मात्रै बिक्री वितरण गर्न विभागले सूचना जारी गरेको भए पनि त्यो प्रभावकारी देखिदैन ।

विभागले सुचना जारी गरी कानुनवमोजिम दर्ता नभएका औषधि बिक्री वितरण गरेको पाईए औषधि पसलको दर्ता प्रमाणपत्र खारेजी र औषधि जफत गरिने बताएको छ । औषधि ऐनको दफा ३४ को उपदफा १ मा दर्ता नगरेको भेटिए ३ वर्षसम्म कैद वा २५ हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले मन्त्रालयमा औषधि र उपकरण सम्बन्धि हेर्ने छुट्टै महाशाखा बनाएर विभागलाई प्रभावकारी बनाउने बताएका छन् ।

अनुगमन, नियमन र मूल्य निर्धारण लगायतका काम स्वास्थ्य मन्त्रालय एक्लैले निर्णय गर्न नसक्ने भन्दै उनी पन्छिन्छन् । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कतिपय अवस्थामा न्यूट्रासिटिकल्स र डायटरी सप्लिमेन्टहरु आवश्यक पर्ने भए पनि जथाभावि बेच्न नहुने स्विकार्दछन् । ‘यी खाद्यपुरक सामग्री पनि आवश्यक पर्ने हुन्छ तर जथाभावी बेच्नु भने हुँदैन । बेचिएको पाइएमा कानुन बमोजिम कार्वाही हुने छ ।’

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले औषधिजन्य बस्तु भएकाले यस्तो विषयलाई विभागले हेर्नुपर्ने धारणा व्यक्त गर्दछन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले न्यूट्रास्यूटिकल्स र डायटरीको जथाभावि बिक्रिवितरण गर्दा स्वास्थ्यमा असर पर्न सक्ने बताउँछन् । ‘न्यूट्रास्युटिकल्स र डायटरी जथाभावि विक्रि गर्नु हुँदैन । सरकारले रोक्नुपर्छ ।’ उनले भने ।

नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल फार्मेसी संघ र ग्राजुयट फर्मासिस्ट एसोसिएसनले औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यपुरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) फार्मेसीबाट विक्री वितरण नगर्न नगराउन अनुरोध गरेका छन् । कतिपय फार्मेसीले खाद्यपुरक सामाग्री आफैले सिफारिस गर्ने गरेको समेत सरोकारवालाहरु आरोप छ ।

केहि डाक्टरहरुले समेत खाद्यपुरक सामाग्रीहरुको सिफारीस गर्ने गरेका फार्मेसीहरु बताउँछन् । नेपाल फार्मेसी संघका महासचिब युवराज भुषालले नियमनकारी निकायबाट प्रमाणीत भएका खाद्यपुरक औषधिहरु मात्रै बिक्री गरीनुपर्ने बताए । उनले भने, ‘ बिरामीलाई गुम्राहमा पार्नु हुँदैन । औषधिको रुपमा केहि डाक्टरहरुले खाद्यपुरक सामाग्री सिफारीस गरीररहेका छन् । खाएपछि फाइदा हुने/नहुनेको ग्यारेन्टी पनि छैन ।’

फार्मेसी दिवसको अवसरमा नेपाल फर्मास्युटिकल एसोसीएन, नेपाल फार्मेसी संघ तथा नेपाल अस्पताल फार्मेसी संघको संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा समेत फार्मेसीलाई नियमित नियमन गर्नुपर्नेमा जोड दिइएको छ । सो कार्यक्रममा सहभागीहरुले केहि चिकित्सकले औषधिको सट्टा खाद्यपुरक सामग्रीको सिफारिस गर्ने र बिरामी सो उपयोग गर्न बाध्य हुने गरेको आरोप समेत लगाए । राजधानी दैनिकबाट