४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मंसिरदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने

मंसिरदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने
अ+ अ-

जनकपुरधाम । नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकत्तालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा अझै सुचारु हुन सकेको छैन। गतवर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन। रेल चल्ने भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सिमित रहयो।

रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन्। ‘रेल सेवा सुचारु गर्न कम्तिमा २ सय कर्मचारी चाहिन्छ, तर कर्मचारी छैन’, महानिर्देशक मिश्रले भने, ‘कर्मचारी भर्ना प्रक्रिया र रेल ईन्जिन नेपाल ल्याउन केहि महिना लाग्छ, तर अब ढिलो हुँदैन। मंसिरको मध्यसम्ममा रेल चल्छ।’

नेपाल सरकारले रेल ईन्जिन खरिद प्रक्रिया, आवश्यक जनशक्ति जोरजाम गर्न नसकेकाले रेल सञ्चालनमा ढिलाइ भएको विभागका कर्मचारीको भनाइ छ। ‘सुरुमा भारतसँग रेलको ईन्जिन भाडामा लिएर सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो। पछि नेपालले रेल खरिद गरेर सञ्चालन गर्ने पक्रिया अघि बढयो’, महानिर्देशक मित्रले भने, ‘नेपालले दुई वटा रेल किन्न भारतको सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडसँग सम्झौता गरेकाले रेल निर्माण अन्तिम चरणमा पुगेको छ।’

महानिर्देशक मि श्रका अनुसार नेपालले खरिद गर्न लागेका दुई रेल निर्माण सम्पन्न भइ रङ रोगनमात्र बाँकी रहेकाले केहि दिनभित्रै तयार हुनेछ। मंसिरदेखि रेल सेवा सञ्चालन हुने भनिए पनि धेरैले आशंका व्यक्त गरेका छन्। ‘डेढ वर्षदेखि रेल आउने चर्चा सुनेर वाक्क लागिसक्यो तर अझै आएको छैन’, जनकपुरधाम उपमहानगर–१६ कपिलेश्वरका जुगेश्वर साहले भने। रेल्वे स्टेशनका बुधेश्वर मण्डलले नेपालको एकमात्र जनकपुर–जयनगर ब्रोडगेज रेल चल्ने धेरै चर्चा भए पनि सेवा सुरु नभएको बताए। ‘रेल चल्ने चर्चा मात्र भयो।

जनताले कति आशा गरेका थिए तर अब त आशा पनि निराशामा परिणत हुन थालेको छ’, उनले भने, ‘कसैले चल्छ भन्छ, कसैले चल्दैन भन्छ। कस्को कुरा पत्याउनु ? ’ मण्डलका अनुसार २०७५ मंसिरदेखि नै रेल चल्ने चर्चा चलेको थियो। स्थानीय उत्साहित थिए तर रेल चलेन। पहिलो चरणमा भारत विहारको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालन गर्न भौतिक संरचना, रेल्वे लिकलगायत आवश्यक पूर्वाधार पूर्ण रुपमा तयार भएको महानिर्देशक मि श्रले बताए।

जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर रेल्वे मार्ग तीन चरणमा निर्माण भइरहेको छ। जयनगर–कुर्था ३५ किमी पहिलो, कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किमी दो श्रो र महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किमी ते श्रो चरणमा निर्माण सम्पन्न गरी रेल सञ्चालन हुनेछ। जसअन्तर्गत जयनगर–जनकपुर–कुर्था ३५ किमी रेल्वे सञ्चालन आवश्यक पूर्वाधार तयार भइसकेको छ।

कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किमीमा लिक निर्माण चलिरहेको छ भने कुर्थादेखि बर्दिबाससम्म पुल निर्माण र माटो भर्ने काम भइरहेको छ। भारतको जयनगरबाट जनकपुरहुँदै महोत्तरीको बिजुलपुरा, बर्दिवासम्म ६९ किमी पर्छ। जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर पर्छ। भारत सरकारको सहयोगमा भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इर्कन इन्टरनेसनल कम्पनीले पाएको छ।

रेलले आर्थिक समृद्धि पछिल्लो मधेश आन्दोलन, बन्द हडताल, जनकपुर पुनःनिर्माणमा यहाँका उद्योगी व्यवसायीले व्यहोरेको घाटा जनकपुरधाम–जयनगर रेल सञ्चालपछि उठ्ने जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र महासेठको भनाइ छ। ‘रेल सेवा सञ्चालनपछि विगतमा चौपट भएको व्यापार व्यवसायको क्षतिपुर्ती हुने विश्वास लिएका छौं’, उनले भने।

प्राध्यापक तथा अर्थशास्त्री डा। बरुणलाल कर्णले रेलसेवा सञ्चालनपछि विकास हुने दुई वटा आधार रहेको बताए। ‘एक त पर्यटन उद्योगको विकास हुन्छ र अर्को व्यापार व्यवसाय फस्टाउँछ, व्यवसाय फस्टाएपछि रोजगारीका अवसरसमेत सिर्जना हुन्छ’, डा. कर्णले भने। अन्नपुर्णपोष्ट दैनिकबाट