१४ आश्विन २०८१, सोमबार
,
Latest
जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त अनुगमन टोलीद्वारा होटलका म्याद गुज्रेका पेयपदार्थ तथा अखाद्य पदार्थहरु नष्ट



अ+ अ-

संयुक्त अनुगमन टोलीले सिरहाको लहानस्थित विभिन्न होटलबाट म्याद गुज्रेको पेयपदार्थ तथा अखाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइ घरेलु तथा साना उद्योग कार्यालय लहान, इलाका प्रशासन कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, राष्ट्रिय उपभोक्ता मञ्च सिरहा, जिल्ला उद्योग वाणिज्य सङ्घ लहानको संयुक्त अनुगमन टोलीले लहान बजारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेको पेयपदार्थ तथा अखाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको हो ।

अनुगमनका क्रममा विभिन्न होटलहरुमा म्याद गुज्रेको कोकाकोला, फेन्टालगायतका पेयपदार्थ तथा खाद्य पदार्थ फेला परेपछि नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए । यस्तै मिठाइ पसलमा मिठाइ बनाउन प्रयोग गरेका रङहरु मानव स्वास्थ्यमा असर पर्ने खालको पाइएको र ढक तराजुसमेत कम तौलको पाइएकाले ती सबै सामान बरामद गरिएको प्रमुख सिंहको भनाइ छ ।

अनुगनका क्रममा कतिपय पसल दर्ता नभएको, भ्याट बिल, प्यान बिल, मूल्यसूची र सरसफाइ नभएको पाइएकाले त्यस्ता व्यवसायीलाई आफ्नो व्यवसाय दर्ता गराउन तथा आवश्यक सुधार गर्न एक साताको समय दिइएको प्रमुख सिंहले बताए ।