१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन प्रकरणमा मुछिएका कृष्ण यादव प्रदेश नं २ को सभापतिमा देउवाको उम्मेदवार !



अ+ अ-

काठमाडौं । १४ बर्षअघि काठमाडौंको महाराजगञ्ज नजिकैको एक घरमा यौन क्रियाकलापमा सग्लन भै रहेका बेला  रंगेहात पक्राउ परेका कृष्ण यादव प्रदेश नं २ को सभापतिका लागि उम्मेदवारी दिने  तयारीमा छन् । 

२०६५ फागनु २० गते महाराजगञ्जस्थित कान्तिबाल अस्पताल पछाडि अवैध रुपमा संचालित बेश्यालयबाट रंगेहात पक्राउ परेको यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन्। रौतहट क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार भएका यादव सहित ३३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

चारित्रिक हिसाबले बिबादास्पद उनै यादवलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश नं २ को सभापतिमा उठाउने प्रयास गरेका छन्। अर्कातिर, नेता विमलेन्द्र निधिको समर्थनमा प्रदेश नं २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई उम्मेदवार बनेका छन्। सभापति देउवाले बिबादास्पद छवीका कृष्ण यादवलाई उम्मेदवार बनाउने प्रयास गरेपछि प्रदेश नं २ का देउवा समर्थकहरु समेत उनको बिरुद्ध लागेका छन्। 

प्रदेश राजधानी जनकपुरधाममा यतिबेला चरित्रहीन कृष्ण यादब हराऔं भन्ने अभियान नै चलेको छ। चरित्रहीन व्यक्तिलाई उम्मेदवार बनाएमा आफूले समर्थन गर्न नसक्ने देउवा निकट रौतहट कांग्रेसका नेताहरुले बताएका छन्। 

स्मरणीय छ, पक्राउ गरेको २ दिनपछि नेपाली कांग्रेसका नेताहरुको आग्रहमा तत्कालीन गृहमन्त्री बामदेव गौतमको निर्देशनमा यादव छुटेका थिए। रौतहटको बरियापुरमा जन्मेका यादव बिबाहित हुन्। उनका ३ छोराछोरी छन्।