६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिम्स्बी विरुद्द ७ गोल गर्दै चेल्सी चौंथो चरणमा



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सी काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा लिग टु क्लब ग्रिम्स्बी टाउनलाई ७–१ गोल अन्तरले पराजित गर्दै चेल्सी चौंथो चरणमा पुगेको हो । चेल्सीलाई फराकिलो जित दिलाउन मिची बात्सुआईले दुई गोल गरेका थिए ।

यस्तै रोस बार्क्ली, पेड्रो रोड्रिगेज, कुर्ट जौमा, रिसी जेम्स र कलुम हड्सनले एक एक गोल गरे । ग्रिम्स्बीका माथ्यु ग्रीनले सान्त्वना गोल फर्काएका थिए । स्टामफोर्ड ब्रिजमा चेल्सीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरी जम्मा ७ गोलको मजा ग्रिम्स्बी टाउनलाई चखाएको थियो ।

चौंथो चरणको खेलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ । युनाइटेड लिग वान क्लब रोचडेललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड चौंथो चरणमा पुगिसकेको छ ।