जनकपुर । डकैती गर्दागर्दै ४ जना डाँकु पक्राउ परेका छन् । बिहान करिब साढ़े तीन बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्निसिङमा डकैती गर्दागर्दै चार डाँकु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत बैरगिनियाका मुजिर अन्सारी, भारत बिहारको सीतामढ़ी ईस्लामपुर बस्ने मोहम्मद ईलियस, रौतहट वृन्दावन नगरपालिका रमौली बस्ने गगन पटेल र रौतहट गौरका विनोद प्रसाद सिंह रहेका छन् ।
गस्तीमा रहेको प्रहरी टोलीले डाँकुहरुले फर्निसिङ पसल ताला तोर्दै गरेको देखेपछि प्रहरीले सुरुमा हवाई फायर गरेर एक जना डाँकुलाई पक्राउ गर्यो।
तर डकैती गर्न आएका अन्य तीन जनाले उल्टै प्रहरीलाई कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले जवाफमा तीन राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताएका छन् ।










