१४ आश्विन २०८१, सोमबार
,
Latest
जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई निजी मेडिकल कलेज चलाउन अनेरास्ववियुको माग



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ विद्यार्थी संगठन अनेरास्ववियुले निजी मेडिकल कलेज पनि राज्यले सञ्चालन गर्नुपर्ने माग गरेको छ । बिहीबार संयोजक ऐन महरले एक विज्ञप्ति जारी गर्दै ‘निजी मेडिकल कलेजहरूले साँचो बुझाउने हो भने सरकारले नै चलाउनुपर्ने’ उल्लेख गरेको हो।

अनेरास्ववियुले मेडिकल कलेज सञ्चालकहरूलाई विद्यार्थीबाट लिइएको पैसा फिर्ता गर्न आग्रह पनि गरेको छ।

‘अनेक घुर्की, धम्की र वितण्डा मच्चाउन छाडेर सरकारको अग्रसरतामा भएको वार्ता र निर्णय बमोजिम बढी पैसा फिर्ता गरी तत्काल भर्ना प्रक्रिया अघि बढाउन कलेजहरूलाई आग्रह गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

साथै राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४१ को उपदफा २ बमोजिम शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्ने विज्ञप्तिमा भनिएको छ।