३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

विवाह गर्न जन्ती बोकेर दुलहाको घर दुलही पुगेपछि…

विवाह गर्न जन्ती बोकेर दुलहाको घर दुलही पुगेपछि…
अ+ अ-

काठमाडौं । बंगलादेशमा एउटा यस्तो विवाह चर्चामा छ जसमा एक दुलही जन्ती बोकेर विवाह गर्न दुलहाको घरमा पुगेकी छिन् । १९ वर्षीया खदिजा अख्तर खुसीले आफ्नो पाहुनाका लागि यस्तो गरेकी भने होइनन् ।

खदिजाले बंगलादेशका सबै महिलाले उनको अनुसरण गर्लान् भन्ने आशाले यस्तो गरेकी हुन् ।

यो देशमा शताब्दिऔं देखि विवाहका लागि दुलहा दुलहीको घर जाने चलन छ ।

खदिजाले आफ्नो विवाहको घटना भाइरल भएको केही दिन पछि बीबीसी बंगालीसँग भनिन्, ‘यदि केटाले विवाह गरेर केटी ल्याउन सक्छ भने केटीले किन गर्न सक्दिनँ रु’

खदिजाले तारिकुल इस्लामसँग विवाह गरेकी छिन् ।

यद्यपि, यो घटनाले कतिलाई प्रेरित गरेको छ भने कतिमा रोष पैदा गराएको छ । एक व्यक्तिले रिसाउँदै भनेका छन्, ‘दम्पत्ति र उनका परिवारलाई चप्पलले कुट्नुपर्छ ।’

यद्यपि, खदिजा र उनका दुलहाका लागि यो निकै सामान्य कुरा थियो , उनीहरु दुबै राम्रो काम गर्नुपर्ने मान्यता राख्छन् ।

उनले बीबीसीलाई भनिन्, ‘यहाँ परम्परा मुद्दा होइन । यो महिला अधिकारको एउटा मसला हो । आज यदि एक युवतीले युवकसँग विवाह गर्न जान्छिन् भने कसैलाई केही क्षती हुँदैन ।’

उनले भनिन्, ‘यसको साटो, महिलामाथि दुर्व्यवहार कम हुनेछ । कुनै पनि व्यक्ति कोही भन्दा कम वा सानो हुँदैन ।’

यी दम्पत्तिले जसरी विवाह गरे, त्यसको व्यापक विरोध हुने उनीहरुलाई राम्रोसँग थाहा थियो । यो विवाह गत शनिबार भारतको सीमामा अवस्थित एक ग्रामीण क्षेत्रमा भएको हो । यहाँसम्म कि उनीहरुका आफ्नै परिवारका सदस्य पनि सुरुवातमा यस्तो विवाहका लागि उत्सुक थिएनन् ।

यद्यपि, २७ वर्षीय तारिकुले अन्त्यमा परिवार राजी भएको बताए । आफूले कुनै पनि गल्ती नगरेकोमा उनीहरु ढुक्क छन् ।

नव दम्पत्तिले भने, ‘अदालत, मस्जिदमा विभिन्न विवाह हुन्छन् । हामी धर्म अनुसार विवाह गर्छौं ।’

उनका अनुसार त्यहाँ एक काजी र साक्षी हुन्छन् । यस्ता विवाह पंजीकरण हुन्छ । त्यो विवाहको औपचारिकता हो । हामीले ठ्याक्कै त्यस्तै गरेका छौं ।

उनले भने, ‘मानिसहरुले के सोच्छन्, के भन्छन्, त्यो महत्वपूर्ण होइन । केही मानिसरुले भिन्न सोच्न सक्छन्, सबैका आ–आफ्नै धारणा हुन्छन् ।’

कस्तो छ परम्परा ?

बीबीसी बंगाली संवाददाता संजना चौधरी भन्छिन्, ‘यहाँको परम्परा अनुसार दुलहा र उनका आफन्त दुलहीको घरमा जान्छन् । त्यहाँ विवाह समारोह आयोजना गरिन्छ र उत्सव मनाइन्छ । त्यसपछि दुलही आफ्नो परिवारसँग बिदा लिन्छिन् र दुलहाको घरमा भित्रिन्छिन् ।’ यो परम्परा वर्षौंदेखि जारी छ ।

यद्यपि, पश्चिमी बंगलादेशको एउटा जिल्ला मेहेरपुरमा केही भिन्न देख्न पाइयो । यहाँ दुलही आफ्नो परिवारका सदस्यसँग विवाह गर्न दुलहाको घर गइन् र विवाहपछि दुलहा, दुलहीको घरमा गए ।

यो विवाहको महत्वलाई नजरअन्दाज गर्न सकिँदैन । थुप्रै पुरुषका लागि यो अपमानजनक हुनसक्छ । कतिले यो घटनालाई अचम्मित गरिदिने किसिमको पनि भन्न सक्छन् ।

यहाँसम्म कि एउटा सानो गाउँमा विवाहको जस्तो घटना भएको छ, त्यस्तो बंगलादेशको शहरमा अहिलेसम्म पनि भएको छैन । दम्पत्तीले विवाहित जीवनको सुरुवात एउटा ठूलो साहस देखाउँदै गरेका छन् ।

उनीहरुको आत्मविश्वासबाहेक यो एउटा साहसपूर्ण निर्णय थियो ।

हालैका वर्षमा बंगलादेशमा समानताको दिशामा निकै प्रगती भएको छ । विश्व आर्थिक मञ्चका अनुसार लैंगिक समानताका मामलामा दक्षिण एशियामा बंगलादेशको श्रेणी उच्च छ ।

यद्यपि, गम्भीर मामला अझै पनि कायम छन् । १९ वर्षकी नुसरत जहाँ रफीको मृत्यु संसारभरी चर्चामा रह्यो । उनले प्रधानाध्यापकविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गरेपछि उनलाई जिउँदै जलाएर हत्या गरियो ।

यसैबीच संयुक्त राष्ट्रले विवाह गर्ने दुई तिहाई महिलाले आफ्नो जीवनसाथीको हातबाट हिंसाको शिकार हुनुपरेको बताएको छ जसमा गत वर्ष आधा महिलाले रिपोर्ट दर्ता गराए ।

र जब मुस्लिम बहुल देशमा शिक्षा, विवाह कानूनजस्ता विषयमा प्रगतिको कुरा भइरहेका बेला महिला अधिकार समूहले प्रतिबन्ध र पक्षपातको आरोप लगाउँछ । स्मरण रहोस्, बंगलादेश हाई कोर्टले गत महिना विवाहको फारमबाट कुमारी (भर्जिन) शब्द हटाउन आदेश दिएको छ । त्यसपछि अब महिलाले विवाहको फारममा भर्जिन भएको जानकारी दिन आवश्यक छैन । पुरुषले यस्ता कुनै पनि कुराको घोषणा गर्नुपर्दैन ।

तारिकुल र खदिजा आफ्नो विवाह लैङ्गिक समानताको दिशामा एक प्रतिगामी कदम हुनेमा आशावादी छन् ।

तारिकुलले समाचार एजेन्सी एएफपीलाई भने, ‘एक पुरुषले जे गर्न सक्छन्, त्यो महिलाले पनि गर्न सक्छन् भन्ने कुराको सन्देश हाम्रो विवाहले दिने कुरामा म आशावादी छु ।’

यदि यस्तो भएन छ भने पनि उनीहरु आफ्नो निर्णयले अत्यधिक खुसी हुनेछन् ।

खदिजाले भनिन्, ‘हामीले विवाहमा असाध्यै रमाइलो गर्‍यौं ।’