१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुल्ला ठाउँमा दिसा गरेको भन्दै दुई दलित बच्चाहरुको निर्मम तरिकाले गरियो हत्या



अ+ अ-

काठमाडौं । अहिले नेपाली समाजमा छुवाछुतजस्तो रुडीवादी सोच कतिपय ठाउँमा कायमै रहेको छ । यो बीचमा छिमेकी मुलुक भारतबाट आएको एक खबरले तपाइको होस उडाउनेछ । भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा खुल्ला शौच गरिरहेका दुई दलित बालबालिकाको केही व्यतिहरुले निर्मम तरिकाले हत्या गरेका छन् ।

घटना जिल्लाको सिरसौद थाना क्षेत्रको भावखेडी गाउँको हो जहाँ बुधबार बिहान वाल्मिकी समाजका दुई बच्चा १२ वर्षकी रोशनी र १० वर्षका अविनाश पंचात भवन अगाडिको सडकमा शौच गरिरहेका थिए । भारतीय प्रहरीका अनुसार हाकिमले दुई बच्चालाई सडकमा शौच गरेर सडक फोहोर गरेको भन्दै गाली गरे त्यसपछि उनले रामेश्वरसँग मिलेर पिटेका थिए ।

प्रहरीका अनुसार दुई अभियुक्तलाई नियन्त्रणमा लिइएको छ । घटनापछि तनावका कारण क्षेत्रमा ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । अविनाशका पिता मनोज वाल्मिकीले भने, ‘यी दुई बिहान ६ बजे शौचका लागि निस्किएका थिए । हाकिम र रामेश्वरले उनीहरुलाई लठ्ठीले कुटे ।

उनीहरुले दुबैलाई त्यतिबेलासम्म कुटे जबसम्म उनीहरुको मृत्यु भएन । म त्यहाँ पुग्दासम्म उनीहरु भागिसकेका थिए ।’ घटनापछि पुलिसले दुई बच्चाको लाशलाई पोस्टमार्टमका लागि शिवपुरी पठाएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।