१४ आश्विन २०८१, सोमबार
,
Latest
एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाटो काट्ने क्रममा अमेरिकामा एक नेपालीको मृत्यु



अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकामा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । तीन हप्ता अघिमात्रै अमेरिका गएका एक नेपालीको दुर्घटनामा परेर ज्यान गएको हो । नेपालको ठेगाना अनुसार बर्दिबास महोत्तरी घर भएका ५८ वर्षे विष्णुप्रसाद सापकोटाको बिहिबार ज्यान गएको हो ।

बिहान मर्निङ वाक गर्दागर्दै बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको केन्टुकी नेपाली समाजले जानकारी दिएको छ । श्रीमानको मृत्यु भएको खबर पाउनेबित्तिकै बेहोस भएकी बिमला सापकोटाको युनिभर्सिटी अफ केन्टुकी हस्पिटलमा उपचार गराइरहेको पनि समाजले जानकारी दिएको छ ।

विष्णुप्रसाद छोरी बिनिता सापकोटा र ज्वाईं रोशनराज घिमिरेलाई भेट्न अमेरिकाको केन्टुकीस्थित लेक्सिङ्टन गएका थिए । जानकारी अनुसार केन्टुकी नेपाली समाजले रोशनराज र बिनिता सापकोटालाई सहयोग स्वरुप ५० हजार डलर सहयोग दिने भएको छ ।