७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा हिन्दू राष्ट्र बनाउनुपर्ने माग अर्को महाधिवेशनमा बढ्ने : महामन्त्री कोईराला



अ+ अ-

रामेछाप। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने माग बढ्ने बताएका छन् ।

विहीबार रामेछापको मन्थलीमा प्रेस युनियनले गरेको पत्रकार भेटका क्रममा ‘गएको महासमिति बैठकमा ८ सय प्रतिनिधिले हस्ताक्षर गरी राखेको माग अझ बलियोगरी आउने’ कोइरालाको दाबी थियो ।

पार्टीभित्र घात प्रतिघातको अन्त्य गर्दै एकढिक्का भए कुनै शक्तिसँग कांग्रेस पराजित हुनु नपर्ने बताएका उनले त्यसका लागि कार्यकर्ता पंक्तिबाट पनि दबाब हुनुपर्ने बताए ।

महामन्त्री कोईरालाले सरकारले कुनै नयाँ योजना नआएको तर सपनामात्र बाँडिएको बताएका छन् ।