काठमाडौं । सिस्टम ह्याक गरी कृषि विकास बैंकको ५ करोड रुपैयाँ चोरी प्रकरणमा निर्माण व्यवसायी रामकृष्ण भुसाल पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले स्याङ्जा, वालिङका भुसाललाई पक्राउ गरेको हो ।
प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोप्राइटर समेत रहेका भुसाललाई लहान शाखाबाट ६५ लाख रुपैयाँ उनको खातामा पठाइएको भेटिएको प्रहरीले जनाएको छ । उनी भारतमा रहेका ह्याकरले खटाएको एजेन्ट रहेको प्रहरी अनुसन्धानले देखाएको छ । उनलाई स्याङ्जाबाट काठमाडौं ल्याइनेछ । प्रहरीले बुधबार १२ अभियुक्तलाई सार्वजनिक गरेको थियो ।