८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार

‘जम्मु कास्मिरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक’

‘जम्मु कास्मिरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक’
अ+ अ-

काठमाडौँ । नेपाल स्थित पाकिस्तानका राजदूतले जम्बु कस्मिरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक भएको बताउनु भएको छ ।
काठमाडौँमा रहेको पाकिस्तान दुतावासमा एक कार्यक्रमको आयोजना गर्दै नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरी जनताको इच्छा बिपरित भारत सरकारले सम्झौताको धारा ३७० निलम्बन गर्नु अबैधानिक भएको बताउनु भएको हो ।

केहि मानव अधिकारकर्मी सामाजिक अभियन्ताहरु सँग छलफल गर्दै राजदूत जावेदले भारत सरकारको यस कदमलाई संयुक्त राष्ट्र संघले समेत असन्तुष्टि ब्यक्त गरेको बताउनु भयो । राष्ट्रसंघले भारत सरकारले जम्बु कस्मिर राज्यलाई विशेष अधिकार दिइएको अनुच्छेद ३७० लाई निष्क्रिय बनाए पछि भारत र पाकिस्तानबिच १९७२ मा भएको सिमला सम्झौता स्मरण गर्न भनेको छ । सिमला सम्झौतामा जम्बु कस्मिरका विषयमा अन्तिम स्थिति निर्धारण संयुक्त राष्ट्रको चार्टरलाई ध्यानमा राख्दै आवश्यक कदम चालिने उल्लेख छ । राजदूत जवेदले सिमला सम्झौतामा स्पष्ट किटान भएको विषयमा भारत सरकारले एकलौटि निर्णय गर्नु गलत कदम भएको भन्दै सबैले बिरोध गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा राजदुत जवेदले भारतले लगाएको कफर््युको कारण लाखौ तिर्थ यात्री आफ्नो संस्कृतिक अधिकार प्रयोग गर्नबाट बन्चित भएको पनि बताउनु भयो ।

नेपालका लागि पाकिस्तानका राजदूत

पाकिस्तान सरकारले भारत सरकारको निर्णयको बारेमा कास्मिरका जनताकोलाई निर्णयको आधार बनाउनु पर्ने भन्दै अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण गराउदै आएको छ । भारत सरकारको निर्णय लगत्तै चीन र टर्कीले निर्णय सुखद नभएको टिप्पणी गरेका थिए तर दक्षिण एशियाका बंगलादेश, श्रीलंका र मालदिभ्सले भने भारत सरकारको निर्णयको समर्थन गरेका छन् । युरोप तथा अमेरिकाका शक्ति राष्ट्रहरुले अहिले सम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।