६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरूले देखाए पुरानै सम्पत्ति विवरण,प्रवक्ता बाँस्कोटा भन्छन्–मन्त्रीको सम्पत्ति किन सार्वजनिक गर्नुपर्‍यो ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सरकारी वेबसाइटमा ‘आर्थिक वर्ष ०७५र७६ को सम्पत्ति विवरण’ शीर्षकमा ०७४/७५ कै विवरण राखिएको छ । वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण भन्ने शीर्षक छ । जसमा आर्थिक वर्ष ०७५/७६ को सम्पत्ति विवरण भनेर उल्लेख गरिएको छ । तर, त्यहाँ गत वर्षकै विवरण छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालले यसबारे आफूलाई केही थाहा नभएको बताए । सूचना प्रविधि शाखासँग समन्वय गरेर मात्रै प्रतिक्रिया दिन सक्ने उनले बताए । ‘आव ०७५/७६ को सम्पत्ति विवरण प्राप्त भइसकेको छ, सार्वजनिक गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक हुन्छ, गलत शीर्षक परेको मलाई थाहा छैन ।’

सरकारका प्रवक्ता गोकुल बाँस्कोटा भन्छन्–मन्त्रीको सम्पत्ति किन सार्वजनिक गर्नुपर्‍यो ?
मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने कुरा समयक्रममा हुन्छ । मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेर हुने पनि के हो रु त्यो कसैले पाउने होइन, तर पनि हामीलेहरूले बुझाउने ठाउँमा बुझाइसकेका छौँ, सबैलाई देखाउँदै हिँड्नुपर्ने विषय यो होइन ।

तीन मन्त्रीको विवरण अहिलेसम्म गोप्य
सरकारमा सहभागी समाजवादी पार्टी नेपालका मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा समाजवादी पार्टी नेपालबाट सरकारमा सहभागी मन्त्रीहरू उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार चौधरीको सूचीमा सम्पत्ति विवरण प्राप्त भएको लेखिएको छ । तर, सार्वजनिक गरिएको छैन । नयाँ पत्रिका दैनिकबाट