४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

८ जहाज प्रयोगविहिन, विमानस्थलमा थन्किएबापत करोडौं शुल्क तिर्दै वायुसेवा निगम

८ जहाज प्रयोगविहिन, विमानस्थलमा थन्किएबापत करोडौं शुल्क तिर्दै वायुसेवा निगम
अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमका १४ मध्ये ८ जहाज ‘ग्राउन्डेड’ छन्। तिनको प्रयोगहीनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ। वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ। एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा छ।

त्यसले दैनिक १६ सय ९८ अमेरिकी डलर भाडा तिर्नुपर्छ। हालको विदेशी विनिमय दर ११३ रुपैयाँअनुसार यसले दैनिक १ लाख ९१ हजार ८७४ रुपैयाँ तिर्छ। ‘विमानस्थल सेवा शुल्क विनियमावली २०६७’ अनुसार कुनै पनि जहाजलाई तीन घण्टासम्म पार्किङ निःशुल्क गरिएको छ। त्यसपछि हरेक ६ घण्टामा एक पार्किङ हुन्छ। एक दिनलाई चार पार्किङ हिसाब गरेर नागरिक उड्डयन प्राधिकरणले दैनिक पार्किङ शुल्क तोक्छ। यो जहाजको तौलअनुसार लाग्छ।

निगमसँग एक वर्षदेखि ग्राउन्डेड एउटा बोइङ छ। १९० सिट क्षमताको बी७५७ एसीबी नामको यो जहाज २०७५ मंसिरदेखि ग्राउन्डेड छ। यसले पार्किङ शुल्क दैनिक ५५९.२० अमेरिकी डलर (६३ हजार १८९ रुपैयाँ) तिर्छ। यो मासिक करिब १८ लाख ९५ हजार हुन्छ। मंसिरयता १० महिनामा यसले १ करोड ८९ लाख ५६ हजार ८ सय ८० रुपैयाँ तिरिसकेको छ।

प्राधिकरणका अनुसार उडान अनुमति सकिएको जहाजका लागि २५ प्रतिशत मात्रै शुल्क लाग्छ। उडानयोग्य नभएको तथा निगमले बीबी एयरबेजलाई बिक्री गरेको अर्को बोइङ बी७५७ एसीएले भने त्यो सुविधा पाएको छ। यो जहाज चार वर्षदेखि ग्राउन्डेड छ। बीबीले किनेको यो जहाजको नामसारी भइसकेको छैन। निगमले यो जहाजको हाल दैनिक १७५ डलर (१७ हजार ७ सय ४१ रुपैयाँ) तिर्दै आएको छ। यस्तो शुल्क मासिक पाँच लाख ३२ हजार २३० रुपैयाँ हुने गरेको छ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार हालसालै यो जहाजको डि रजिस्टे«सन भइसकेको छ। ‘अब यसको सम्पूर्ण दायित्व बीबीमै गएको छ। पार्किङ शुल्क पनि उसैले तिर्नेछ’, उनले भने।प्राधिकरणले सम्बन्धित वायुसेवालाई बिल पठाएको ३० दिनभित्र यस्तो शुल्क तिर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ। शुल्क तिर्न विलम्ब गर्ने वायुसेवाको हकमा ४५ दिनसम्म पाँच प्रतिशत, ६० दिनसम्म १५ प्रतिशत र ९० दिनभन्दा ढिलो गर्ने कम्पनीबाट ३० प्रतिशत जरिबाना लाग्छ।

निगमको आन्तरिक उडानमा रहेको ट्विन अटरको भने प्रतिदिन २७.१२ डलर अर्थात् दैनिक ३ हजार ६४ रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्छ। यस्तो शुल्क जहाजको तौलअनुसार हुन्छ। निगमको चिनियाँ जहाज वाई १२ ट्विन अटरसरह प्रतिजहाज ६ हजार केजी छ। यो जहाज भूमिस्थ हुँदा दैनिक तीन हजार ६४ रुपैयाँ तिर्नुपर्ने हुन्छ। यस्तै निगमको एमए ६० नामक २२ केजीको चिनियाँ जहाजले भने प्रतिपार्किङ शुल्क २४.८७ डलरका दरले दैनिक ९९.४९ डलर (११ हजार २४१ रुपैयाँ) तिर्ने गरेको विमानस्थल कार्यालयको भनाइ छ।

ग्राउन्डेड जहाजको प्रतिदिन पार्किङ शुल्क वाइडबडी – एक लाख ९१ हजार ८७४ रुपैयाँ बोइङ – ६३ हजार १८९ रुपैयाँ एमए ६०– ११ हजार २४१ रुपैयाँ ट्विन अटर– तीन हजार ६४ रुपैयाँ वाई १२– तीन हजार ६४ रुपैयाँ स्रोतः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय
अन्नपुर्णपोष्ट दैनिकबाट