७ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहर व्यवस्थापन गर्न समस्या



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई दशैँमा उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या हुने भएको छ । बाटो निर्माण भइरहेकाले कामपालाई पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या भएको हो । दुई सातादेखि नुवाकोटस्थित फोहर विसर्जन गरिँदै आएको स्थान सिसडोल जाने बाटो नागार्जुनमा मर्मतको काम भइरहेकाले फोहर व्यवस्थापनमा समस्या आएको कामपाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

दशैँसम्म बाटो निर्माणको काम जारी रहने भएकाले दशैंमा फोहर व्यवस्थापन गर्न समस्या हुने उनी बताउछन् । अन्य समयमा भन्दा वर्षात्को समय र चाडबाडमा काठमाडौँ उपत्यकामा फोहर बढी हुन्छ । काम नभएको समयमा थोरैको अनुपातमा फोहर व्यवस्थापन गरिँदै आएको भए पनि नियमित रुपमा फोहर व्यवस्थापन हुन सकेको छैन । “अहिलेदेखि नै फोहर थुप्रिदा दशैँमा थप समस्या हुन्छ”, श्रेष्ठले भने ।

दुई वर्षका लागि फोहर व्यवस्थापन गर्ने भने पनि १३ वर्षदेखि सिसडोलमा फोहर बिसर्जन गरिँदै आएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर उक्त स्थानमा बिसर्जन गरिन्छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहर सङ्कलन हुँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुई सय गाडी फोहर फाल्न प्रयोग गरिँदै आएको छ । ससडोलबाट दुई किलोमिटर टाढाको बञ्चरे डाँडामा सरकारले दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिरहेको छ ।




भर्खरै