१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छात्रालाई साइकल वितरण



अ+ अ-

लहान । प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानअन्तर्गत सिरहाको दुई विद्यालयका १४८ छात्रालाई साइकल वितरण गरिएको छ ।

धनगढीमाई नगरपालिका–७ स्थित अयोध्यानगर मावि र दहीपौरा माविको कक्षा ८ मा अध्ययनरत छात्रालाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले साइकल वितरण गरेका हुन् ।

अयोध्यानगरका ७३ तथा दहीपौराका ७५ छात्रालाई राज्यमन्त्री कुशवाहाले साइकल हस्तान्तरण गरेका थिए ।