१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० चक्के सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक



अ+ अ-

काठमाडौं । ठूला मालवाहक सवारीसाधनलाई आइतबारदेखि काठमाडौं प्रवेशमा रोक लगाएको छ। यातायात व्यवस्था विभागले १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको हो।

अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीहरु बोकेका सवारीसाधन बाहेक अन्य सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ।

विभागले दसै‌मा काठमाडौ‌ बाहिर जाने र आउने यात्रुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ।