२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने



अ+ अ-

काठमाडौं । नेपाललाई असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएका छन् । राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर खुला दिसा मुक्त नेपाल घोषणा गरिने भएको हो ।

नेपालमा २०६८ सालदेखि सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त जिल्ला घोषणा थालिएको थियो । हालसम्म कुल ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनेको आँकडा छ । ७७ जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले ट्वाइलेटमा ताला लगाएर नराख्न आग्रह गर्दै घर, खानेपानी सरसफाइ अभियानलाइ अघि बढाउँदै लैजाने बताइन् । मन्त्री मगरले नेपालले खुला दिसा मुक्त घोषणा गरेर सफाइको क्षेत्रमा अघि बढेको बताइन् ।