१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत लैजादै गरेको १८ किलो चाँदीसहित एकजना पक्राउ



अ+ अ-

जनकपुर । अबैधरुपमा जनकपुरबाट भारत लैजादै गरेको साढे १८ किलो चाँदीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीका पीपरा गाउँपालिका वडा नम्बर ५ सहरबा बस्ने वर्ष ३० का भरतकुमार साह रहेका छन् ।

शुक्रबार चेकजाँचको क्रममा सशस्त्र प्रहरीले जनकपुर उपमहानगरपालिका वडा नम्बर २२ बासविट्टीमा उनलाई पक्राउ गरेको हो । ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा जनकपुर हुँदै सिमावर्ती क्षेत्रबाट भारततर्फ गइरहेका उनीबाट ५ वटा प्लास्टिकको पोकामा रहेको सो परिणामको चाँदी बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

बरामद चाँदी १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबर रहेको छ ।