१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंक ह्याक प्रकरणमा ६९ लाखसहित थप तीन पक्राउ



अ+ अ-

काठमाडौँ । कृषि विकास बैंक ह्याक प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार मालतीदेवी न्यौपाने भट्राई, गणेश बस्याल र यज्ञराज भट्टलाई पक्राउ गरेको हो ।

२४ लाख रकमसहित न्यौपाने र बस्याललाई पर्वतबाट र ४५ लाख रुपैयाँसहित भट्टलाई महेन्द्रनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस प्रकरणमा यसअघि १३ जना पक्राउ परिसकेका छन्। गत असोज ५ गते बैंकको लाहान शाखाबाट विभिन्न एजेन्टका खातामा ह्याकरले रकम स्थानान्तरण गरेको थियो। प्रहरीले थप एजेन्टहरु खोजीरहेको छ।