२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीहरुले गरे कटहरिया नगरपालिकामा तोडफोड



अ+ अ-

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले कार्यालयमा तोडफोड गरेका हुन् ।

एक ठाउँबाट अर्को ठाउँमा शिक्षकलाई किन सरुवा गरेको भन्दै कटहरिया नगरपालिकाका आक्रोशित विद्यार्थीहरुले एकाबिहानै आज नगरपालिकाको कार्यालयमा तोडफोडबाट लाखौंको क्षति भएको छ । कटहरिया नगर कार्यपालिकाको हिजो बसेको बैठकले नगर अन्तर्गतका एकजना प्रधानाध्यापकसहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो ।

ठुलो संख्यामा आएका विद्यार्थीहरुले नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेश गरी दुईवटा भन्दा बढी कम्प्युटर, ल्यापटप र नगरपालिकाका एसीमा कामै नलाग्ने गरी फुटाएका छन् भने ५० भन्दा बढी कुर्सी, दराज, सिसिटिभी क्यामरा, झयाल, ढोका सबैमा तोडफोड गर्नुका साथै विद्यार्थीको समुहले नगरपालिकाको महत्वपूर्ण कागजातहरु च्यातेर फालिदिएका छन् भने विधुतीय उपकरणहरुमा पनि क्षति पुरयाएका छन् ।

रौतहट क्षेत्र नं ३ (ख) का प्रदेश सांसद कुन्दन कुश्वाहाले मावि भसढेवाका प्रधानाध्यापक राममंगल प्रसाद यादव र शिक्षक सचिन्द्रप्रसाद यादवको कारण नगरपालिकामा यस्तो घटना घटेको आरोप लगाए । सरुवा गरिएको ठाउँमा नजाने मनसायले प्रअ यादव र शिक्षक सचिन्द्रले सुनियोजित र योजनावद्ध तरिकाले नगरपालिकामा आफना मान्छे र आफन्तलाई विद्यार्थीको रुपमा प्रयोग गरेर आक्रमण गरेको प्रदेश सांसद कुश्वाहाले दावी गरे ।