१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुर क्रिकेटमा नेपाल जिम्बाबेसँग पराजित, सन्दिपले लिए ३ विकेट



अ+ अ-

काठमाडाैंः सिंगापुरमा जारी पहिलाे टी२० क्रिकेट प्रतियाेगितामा नेपाल जिम्बाबेसँग पाँच विकेटले पराजित भएकाे छ ।

सिंगापुरमा नेपाल, सिंगापुर र जिम्बाबेबीच त्रिकाेणात्मक खेल हुँदैछ । नेपालले टस जितेर पहिले ब्याटिङ राेजेकाे थियाे ।

नेपालले दिएको १३३ रनको लक्ष जिम्बाब्वेले १८.१ ओभरमा ओभरमा ५ विकेट गुमाएर भेट्टाएकाे थियाे ।

जिम्बाबेले ६४ रन बनाउँदा ५ विकेट गुमाएको थियो । नेपाली युवा बलर सन्दीप लामिछानेले जिम्बाबेका प्रारम्भिक तीन ब्याट्सम्यानलाइ व्यक्तिगत शुन्य रनमै पभेलियन फर्काए पनि रायन बर्ल र रिचमण्ड मुतुम्बामी नेपाली टिमका अघिल्तिर तगाराे बनेर खडा भएका थिए । उनीहरू दुबैले अविजित ६९ रनको साझेदारी गर्दै जिम्बाब्वेलाई जित दिलाए । बर्ल ४१ र मुतुम्बामी ४० रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन मात्र बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले ४० रन जोडे भने सोमपाल कामी २५ रनमा अविजित रहे ।

नेपालको सुरुवात खराब रह्यो । नेपलको राष्ट्रिय टिममा डेब्यू गरेका इशान पाण्डे मात्र ४ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ५ रन थियो । आरिफ शेखले मात्र ८ रन जोड्न सके । पारस खड्का १८ रनमा आउट भए भने अर्का डेब्यू ब्वाई कुशल मल्लले मात्र २ रन जोड्न सके ।

सन्दीप जोराले १७ रनको पारी खेले । विनोद भण्डारी ११ रनमा अविजित रहे ।