चितवन। बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो ।
आज दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पु¥याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो । रासस











