२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

पढ्न पाइने भयो मदन भण्डारीका चिठीपत्र

पढ्न पाइने भयो मदन भण्डारीका चिठीपत्र
अ अ+ अ-

काठमाडौँ ।  स्वर्गीय मदन भण्डारीका भूमिगतकालीन हस्तलिखित दस्तावेज सहजै अध्ययन गर्न पाइने भएको छ । राष्ट्रिय अभिलेखालय र मदन भण्डारी स्मृति प्रतिष्ठानको वेबसाइटमा ती दस्तावेज राखिँदै छन् । यही पुस १० देखि ती सामग्री वेबसाइटमा हेर्न पाइनेछ ।

प्रतिष्ठानका अध्यक्ष गुरु बरालले भन्नुभयो, “पार्टी, राज्य, समाज र आन्दोलनको लोकतन्त्रीकरण गर्न पार्टीभित्र भएका राजनीतिक तथा वैचारिक बहसको सिलसिलेवार पक्षलाई उत्खनन गर्न प्रामाणिक दस्तावेज सार्वजनिक गर्न खोजेका हौँ । कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रीकरण गर्न त्यो बेलाका पेचिला राजनीतिक बहस कस्ता थिए भन्ने अध्ययन गर्न यी दस्तावेजले सहयोग पु(याउनेछ ।”

प्रतिष्ठानले करिब १० वर्ष लगाएर स्वर्गीय भण्डारीसँग जोडिएका दस्तावेज सङ्कलन गरेको उहाँले जनाउनुभयो । भण्डारीका निजी सामग्री नक्सालस्थित डेरा र परिवारबाट प्राप्त गरिएको थियो भने भण्डारीका पत्र सम्बन्धित व्यक्तिसँग मागिएका थिए । अभिलेखालयको सहकार्यमा तीन वर्षदेखि ती सामग्री डिजिटाइजेसन गरिँदै आएको छ ।

वेबसाइटमा भण्डारीले भूमिगतकालमा सुरक्षित राखेका पार्टीका चिठीपत्र, विधान, अन्तरपार्टी निर्देशन, अत्यन्त गोप्य निर्देशन, नेतृत्व वर्गले गरेको आलोचना वा आत्मालोचना, पार्टीले सोधेका स्पष्टीकरण र गरेको कारबाही, बयानसँग सम्बन्धित हस्तलिखित कागजात राखिनेछ । तत्कालीन नेकपा (माले)को चौथो र पाँचौँ महाधिवेशनका दस्तावेज, वैचारिक लेख, वक्तव्य, अपिल, पार्टीका माइन्युट, दासढुङ्गा घटनापछि छापा माध्यममा प्रकाशित समाचार पनि समावेश गरिनेछन् । कोअर्डिनेसन केन्द्रदेखि नेकपा (एमाले)सम्मका दस्तावेज वेबसाइटमा हेर्न पाइनेछ । वेबसाइटमा राखिने ती दस्तावेज तत्काल पढ्नमात्र सकिनेछ तर डाउनलोड गर्न मिल्दैन ।

प्रतिष्ठानका तर्फबाट डिजिटाइजेसन गर्ने समूहको नेतृत्व गर्नुभएका जयन्ता पोखरेलले चार हजार थान कागजात सङ्कलन भई डिजिटाइजेसन भइरहेको बताउँदै भन्नुभयो, “एक तिहाइ दस्तावेज पहिलो चरणमा सार्वजनिक गरिनेछ । केही महिनालगत्तै सबै सार्वजनिक गरिनेछ ।”

स्वर्गीय भण्डारीले भूमिगतकालमा शार्दूल, श्वेत शार्दूल, सागर, सङ्ग्रामसिंह, लोकेश, बीबीआर, राजमोती, बर्बरिक, भीम अधिकारीलगायत उपनामबाट पत्र लेख्ने गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष बरालले स्वर्गीय भण्डारीसँग सम्बन्धित अन्य दस्तावेजको पनि खोजी जारी रहेको बताउँदै हालसम्मका सङ्कलित सबै कागजात अब राष्ट्रिय अभिलेखालयमै सुरक्षित राखिने बताउनुभयो ।

निश्चित तापक्रमका साथै सुरक्षा घेराभित्र राखिने भएकाले अभिलेखालयमा वर्षौंसम्म लिखित दस्तावेजलाई सुरक्षित राख्न सकिन्छ । अभिलेखालयका सूचना अधिकारी कुमार श्रेष्ठले ग्याजेटबाट अध्ययन गर्न सकिने ती सामग्रीलाई प्रिन्ट वा ईकपी उपलब्ध गराउने विषयमा अझै निर्णय भइनसकेको बताउनुभयो ।  -साभार: गोरखापत्र / प्रकृति अधिकारी